मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गणपति’ गीतमा बोल्ड वर्षासँग मुकुनको ठुम्का

फिल्मीखबर, काठमाडौं, 2023/07/07

Barsha Siwakoti, Mukun Bhusal

 

आगामी भदौ १४ गतेदेखि दुई फिल्म ‘गणपति’ र ‘ऐँचो पैँचो’ एकसाथ प्रदर्शनमा आउँदैछन् । रोचक कुरा के छ भने दुवै फिल्ममा अभिनेता मुकुन भुषाल मुख्य भूमिकामा छन् । र, यी दुवै फिल्मको टिमबीच प्रचार सामाग्री सार्वजनिक गर्न प्रतिस्पर्धा नै चलेको छ । शुक्रबार दिउँसो ‘ऐँचो पैँचो’को टिजर रिलिज गरियो । साँझपख ‘गणपति’को ‘टुकी झ्याप’ बोलको गीत सार्वजनिक गरिएको छ ।

काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा निशान भट्टराई, अनिस अधिकारी र रचना रिमालको स्वर रहेको छ भने अनिस अधिकारीको शब्द रचना तथा कम्पोज छ । बाबुल गिरीले गीत एरेन्ज गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी बोल्ड अवतारमा नृत्य गर्दै प्रस्तुत छिन् । उनलाई मुकुन भुषालले साथ दिएका छन् । गीतको अडियो पक्ष बलियो छ ।

यही गीतको छायांकनको क्रममा बालाजुस्थित चलचित्र विकास संस्थानको ल्याबमा आगलागी भएको थियो । त्यसबाट निर्मातालाई लाखौं रुपैयाँ क्षति भएको छ । पछि नयाँ सेट तयार पारेर गीत खिचिएको थियो । वर्षा फिल्मको ‘टुकी झ्याप’ गीतमा मात्र छिन् । सविन अधिकारीद्वारा निर्देशित ‘गणपति’ले आस्थाको रुपमा रहेका भगवान् र पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउनेछ ।

फिल्ममा मुकुनका साथै मेनुका प्रधान, स्वर्गीय जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायतको पनि अभिनय छ । फिल्मको प्रस्तुतकर्तामा रामप्रसाद रिजाल छन् भने निर्मातामा लक्ष्मण रिजाल तथा कार्यकारी निर्मातामा विज्ञान केसी र अरविन्द्र गिरी छन् ।