मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संवादरहित ‘ऐँचो पैँचो’ टिजर : ब्याकग्राउन्ड म्यूजिक सशक्त

फिल्मीखबर, काठमाडौं, 2023/07/07

Swastima Khadka, Mukun Bhusal, Barsha Raut

 

निर्मात्री कृषा चौलागाईंले निर्देशनको सपना पूरा गरेको फिल्म ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक भएको छ । फिल्मले राजनीतिक र प्रेमकथाको विषयलाई उठान गरेको टिजरले बुझाउँछ । माला लगाएका मुकुन भुषाललाई उचालेको दृश्यबाट सुरु भएको टिजर स्वस्तिमा खड्काले आफैँलाई अनुहारमा रंग दलेको दृश्यबाट अन्त्य छ । संवादरहित टिजरमा ब्याकग्राउन्ड म्यूजिक सशक्त छ ।

आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा वर्षा राउत, सुशिल सिटौला, कोशिश क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतको पनि अभिनय छ । टिजरमा यी सबै कलाकार प्रस्तुत छन् । कोशिश नेताको भूमिकामा रहेको टिजरले बुझाउँछ । केपी फिल्मस्को प्रस्तुति रहेको फिल्मका छायाँकार पुरुषोत्तम प्रधान हुन् ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाईं सह-निर्माता रहेको फिल्ममा अभिमन्यु निरवीको कथा, कविराज गहतराजको कोरियोग्राफी, सुजिल कर्माचार्यको पार्श्व संगीत, सत्यम रानाको भी.एफ.एक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशन, विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।