मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

घरमा मृत अवस्थामा भेटिए अभिनेता सारुक ताम्राकार

फिल्मीखबर, काठमाडौं, 2023/07/07

saruk tamrakar

 

अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित निजी निवासमा मृत भेटिएका छन् । उनी बिहीबार साँझ घरमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । यतिबेला पोस्टमार्टमका लागि उनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । ३१ वर्षका उनी बिहीबार दिउँसो फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरेर घर आएका थिए ।

बिहीबार बेलुका उनका बुबा-आमा एक पार्टीमा गएका थिए । सारुकले आफू पनि पार्टीमा आउने जानकारी गराएका थिए । तर, उनी पार्टीमा गएनन् । उनका बुबा-आमा घर फर्किएपछि सारुकलाई मृत अवस्थामा देखेका थिए । उनको निधनको खबरले फिल्म क्षेत्र स्तब्ध बनेको छ । सामाजिक सञ्जालमा फिल्मकर्मीहरुले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

फिल्म ‘रानी’बाट अभिनय करिअर सुरु गरेका सारुकले फिल्म ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’ पनि काम गरेका छन् । उनले लामो समयपछि ‘ह्यासट्याग माया’मार्फत् अभिनयमा पुनरागमन गरेका थिए । उनको अन्तिम फिल्म पनि यही बन्न पुगेको छ । उनका बुबा सानु ताम्राकार पनि कलाकार हुन् ।