मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

न्युयोर्कमा राजेश हमाल, सुगम र विल्सनले प्रस्तुति दिने

फिल्मीखबर, काठमाडौं, 2023/07/06

rajesh hamal

 

नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमाल गएको एक महिनादेखि अमेरिकामा छन् । उनले अमेरिकाका विभिन्न राज्यहरुमा आयोजना भैरहेका फिल्म महोत्सवदेखि सांगीतिक कार्यक्रममा समेत उपस्थिति जनाइरहेका छन् । यसबीच, उनले भोलि शुक्रबार (जुलाई ७ मा) न्युयोर्कमा आयोजना हुन लागेको ‘अ नाइट अफ नेपाली स्टार्स’ नामक कार्यक्रममा विशेष प्रस्तुति दिने भएका छन् ।

८ सय सिट क्षमताको म्याजिस्टिक हलमा साँझ ७ बजेदेखि सुरु हुन लागेको कार्यक्रममा राजेश हमालसँगै हाँस्य कलाकार विल्सन विक्रम राई र गायक सुगम पोखरेलले पनि प्रस्तुति दिनेछन् । कार्यक्रमको सञ्चालन भने अभिनेता आशिफ शाहले गर्ने स्थानीय आयोजक रेशम जंग शाहले जानकारी दिए । कार्यक्रममा ६ सय बढी नेपाली दर्शकको उपस्थिति रहने विश्वास आयोजकको छ ।

कार्यक्रमपछि नेपाली मुलका डिजे एलएसले दर्शकहरूलाई नचाउने छन् भने स्थानीय कलाकारहरूको समेत प्रस्तुति राखिएको छ । न्युयोर्कको कार्यक्रमको आयोजकमा रेबेल इभेन्ट्स, बुद्द ट्याक्स, रुपान्तरण मिडिया र नमस्ते ग्रुप छन् । यो कार्यक्रम यसअघि टेक्सास, बाल्टिमोर र ओहायो राज्यमा भैसकेको छ । हरेक कार्यक्रममा ६ सय बढी दर्शकहरुको उपस्थिति रहेको बताइएको छ ।