मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परस्त्री’ नचलेपछि निर्मात्री पाण्डेको आफैँलाई ढाडस- ‘जीवनमा हार-जित हुन्छ’

फिल्मीखबर, काठमाडौं, 2023/07/06

Sharmila Pandey Budhathoki

 

फिल्म ‘जारी’पछि नेपाली फिल्मले घरेलू बजारमा लय गुमाएको छ । हिट फिल्मको सिक्वेल तथा सिरिजले समेत हलमा घुँडा टेके । अघिल्लो हप्ता प्रदर्शित फिल्म ‘परस्त्री’प्रति ठूलो अपेक्षा राखिएको थियो । तर, बलियो ‘वर्ड अफ माउथ’ प्राप्त नहुँदा फिल्मको प्रदर्शन विर्सनलायक बनेको छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार पहिलो हप्तामा फिल्मको नेट कमाई ७ लाख पनि छैन ।

फिल्मलाई हिन्दी डब गरेर भारतका हलमा समेत प्रदर्शन गरिएको थियो । मुम्बई र दिल्लीमा निर्देशकदेखि कलाकारसम्मले प्रचार नै गरे । तर, भारतका केही सीमित हलमा चलेको फिल्म पहिलो दिनमै उत्रिएको चर्चा छ । नेपालमा भने फिल्म ‘भेन्टिलेटर’मा छ । ‘प्रेमगीत ३’लाई हेरेर भारत प्रदर्शनको चर्चाले नेपालमा फिल्मको व्यापार राम्रो हुन्छ भन्ने भ्रम पनि ‘परस्त्री’बाट तोडिन पुगेको छ ।

फिल्म नचलेपछि निर्मात्री शर्मिला पाण्डे बुढाथोकीले ‘जीवनमा हार-जित हुन्छ’ भन्दै आफैँलाई ढाडस दिएकी छन् । बुधबार साँझ उनले फेसबुकमा लेखेकी छन्, ‘खेल खेल्ने मान्छेको जीवनमा हार-जित हुन्छ नै । यो नयाँ कुरा होइन । म मेरो कर्ममा निरन्तर लागिरहेको छु र लागिरहने छु । मैले आजसम्म निर्माण गरेका फिल्मबाट आत्मसन्तुष्टि प्राप्त गरेकी छु, यो मेरो ठूलो सम्पत्ति हो । त्यसैले म मेरो कर्ममा खुसी साथ निरन्तर लागि रहनेछु ।’

 

Sharmila Pandey


यसअघि शर्मिलाले निर्माण गरेका ‘लभ लभ लभ’, ‘घर’ र ‘चिसो मान्छे’ पनि असफल भएका थिए । उनी निर्मित फिल्म ‘आमा’ भने समीक्षात्मक र व्यावसायिक दुवै रुपमा सफल ठहरिएको थियो । उनी जस्तोसुकै परिस्थितिमा पनि फिल्म निर्माण गर्ने निर्मात्रीको रुपमा चिनिन्छिन् । ‘परस्त्री’लाई उनकै छोरा सुरज पाण्डेले निर्देशन गरेका हुन् । उनको निर्देशन कलाको भने प्रशंसा भएको छ ।