मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करणको ‘रकी और रानीकी प्रेम कहानी’ ट्रेलरमा रोमान्स र ड्रामा

एजेन्सी, मुम्बई, 2023/07/04

Rocky Aur Rani Kii Prem Kahaani Trailer Exclusive! Karan Johar Brings Back  'Bollywood' To Bollywood, Ranveer Singh's Madcap Comedy Is Chef's Kiss &  Alia Bhatt Being As Graceful As Ever

 

‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’, ‘माई नेम इज खान’ जस्ता यादगार फिल्मका निर्देशक करण जोहरले करिब ६ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ड्रामा र रोमान्सलाई देखाइएको छ । रणवीर सिंह र आलिया भट्टबीचको प्रेममा आउने उतारचढावमा केन्द्रित ट्रेलरले बलियो दृश्यभाषाको संकेत गर्छ ।

रकी र रानी फरक पारिवारिक पृष्ठभूमिका छन् । पहिलो भेटबाटै उनीहरुबीच प्रेम अंकुराउँछ । विवाह गर्नुभन्दा अगाडि उनीहरुले एकअर्काको परिवारसँग ३ महिना समय विताउने निर्णय गर्छन् । एकअर्काको परिवारसँग मिलेर बस्न सकेको खण्डमा मात्र विवाह गर्ने उनीहरुबीच सर्त हुन्छ । के दुवै एकअर्काको परिवारसँग बस्न सक्छन् ? उनीहरुको बिहे हुन्छ ? ट्रेलरले यसैको जवाफ दिन्छ ।

फिल्ममा रणवीर र आलियाका साथै धर्मेन्द्र, जया बच्चन, शबाना आजमी, रोनित रोय, तोता रोय चौधरी जस्ता कलाकारहरुको पनि अभिनय छ । इशिता मोइत्रा, शशांक खेतान र सुमित रोयले मिलेर लेखेको फिल्म २८ जुलाईदेखि प्रदर्शन हुँदैछ । रोमान्टिक तथा पारिवारिक फिल्म बनाउन सिपालु मानिने करण जोहरले विशाल क्यानभासमा ‘रकी और रानीकी प्रेम कहानी’ तयार पारेका छन् ।