मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रमोद, सोहित र रिस्ताको ‘अदृश्य’ साउन १९ मा

फिल्मीखबर, काठमाडौं, 2023/07/03

adrishya

 

प्रल्हाद काफ्लेको निर्देशन रहेको फिल्म ‘अदृश्य’ आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार एउटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति निश्चित गरिएको हो । पोस्टरमा फिल्मका तीन कलाकारहरु प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेत देखिएका छन् । पोस्टरमा प्रमोदको लुक्सले ध्यान खिच्छ । हेलमेट लगाएका उनी पेस्तोल ताकेको अवस्थामा चित्रित छन् ।

पिताम्बर फिम्ल्सको प्रस्तुतिमा बनेको फिल्ममा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, गीत बिष्ट, सुरज बिष्ट, सिएम भारद्वाज सुवेदी, जसिता घिमिरे, अजित रेग्मी, विकेश प्रजापती, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सलिन बज्राचार्य, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेलको अभिनय छ । मिना बस्नेत निर्माता रहेको ‘अदृश्य’को सह-निर्मातामा सिएम भारद्वाज सुवेदी छन् ।

आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा आकाश उखेडाको कथा, पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पार्श्व संगीत, निशान घिमिरेको कलर र बनिश शाहको सम्पादन छ । पोस्टरले फिल्म मर्डर मिस्ट्रीको कथामा बनेको छनक दिन्छ । फिल्ममा रिस्ता प्रहरीको भूमिकामा छिन् ।