मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङको व्यस्तता : ‘दिमाग खराब’ सकाए लगत्तै ‘हात्तीछाप’को वर्कसपमा

फिल्मीखबर, काठमाडौं, 2023/07/03

अहिले अभिनेता दयाहाङ राईको नेपाली फिल्ममा माग र व्यस्तता उत्कर्षमा छ । ‘कबड्डी ४’ र ‘जारी’को ‘रेकर्डब्रेक’ सफलतापछि करिब हरेक मेकरको रोजाईमा उनी छन् । उनलाई महिनौं पर्खिन समेत तयार छन् । यस वर्षका लागि त उनी ‘प्याक’ नै भैसके । तर पनि उनले फिल्म सम्झौता गर्न छाडेका छैनन् । अबको केही महिनामा उनी अर्को वर्षका लागि पनि ‘प्याक’ हुने सुनिश्चित छ ।

 

hatti chap


यसै महिना निर्देशक निश्चल बस्नेतको कमब्याक फिल्म ‘दिमाग खराब’को छायांकन पूरा गरेका दयाहाङ अब यही असार २१ गते बिहीबारबाट फिल्म ‘हात्तीछाप’को छायांकनमा व्यस्त हुँदैछ । आइतबारदेखि उनी यो फिल्मको वर्कसपमा जोडिएका छन् । चार दिन (बुधबार)सम्म चल्ने वर्कसपमा दयाहाङका साथै उपासना सिंह ठकुरी, बुद्धि तामाङ, कमलमणी नेपाल पनि सहभागी छन् ।

सामाजिक कथावस्तुमा आधारित भएर बन्न लागेको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । सिमोस सुनवारले फिल्मको निर्देशन गर्नेछन् । उनले यसअघि ‘मिसन पैसा’, ‘झ्यानाकुटी’ फिल्मको निर्देशन गरेका थिए । प्रदीप र सिमोसले केही दिन बुढानिलकण्ठको एक होटलमा बसेर फिल्मको कथालाई फाइनल गरेका थिए । फिल्मलाई ‘दुई नम्बरी’का निर्माता किरण नेपालीले निर्माण गर्नेछन् ।

 

hatti chap (2)


फिल्ममा अभिनेता सौगात मल्लको पनि मुख्य भूमिका रहनेछ । उनी साउन लागेपछि छायांकनमा जोडिनेछन् । सुशन प्रजापतिको छायांकन रहने फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, विजय बराल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाललगायतको पनि विशेष भूमिका रहनेछ ।