मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्टोरी बैंक अन्तर्गत ‘काँडेतार’लाई बोर्डको दश लाख

फिल्मीखबर, काठमाडौं, 2023/07/02

nawal khadka 2

 

मौलिक फिल्म निर्माणमा सहयोग गर्ने हेतुले चलचित्र विकास बोर्डले स्थापना गरेको ‘स्टोरी बैंक’ अन्तर्गत नवल खड्का अभिनीत तथा निर्देशित फिल्म ‘काँडेतार’लाई दश लाख प्रदान गरिएको छ । शनिबार बोर्डको २३औं वार्षिकोत्सवको अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा र बोर्ड अध्यक्ष भुवन केसीले संयुक्त रुपमा निर्देशक खड्कालाई १० लाखको चेक हस्तान्तरण गरे ।

‘काँडेतार’ले आर्थिक सहयोग प्राप्त गरेपछि नवलले खुसी व्यक्त गर्दै भने- ‘देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित फिल्मलाई नेपाल सरकारले यसरी सहयोग गर्नु सबै देशभक्त अभियन्ता तथा नागरिकहरुको सम्मान साथै स्वदेशी फिल्मको प्रवर्द्धन भएको महसुस गरेको छु।’ ‘स्टोरी बैंक’मा प्राप्त कथा तथा पटकथामध्ये ‘काँडेतार’को कथालाई सर्वोत्कृष्ट छनोट गरेर सहयोग प्रदान गरिएको हो ।

२०७७ सालमा बोर्डले यथार्थपरक, कलात्मक फिल्म निर्माणका लागि प्रोत्साहन गर्न ‘स्टोरी बैंक’ स्थापना गरेको थियो । बोर्डको यो योजनालाई सरकारले आफ्नो बजेटमा समेत समावेश गर्दै आएको  छ । बोर्डको वार्षिकोत्सवमा कथानक तथा लघु फिल्मका लेखकहरुलाई पनि प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरियो । त्यस्तै, बोर्डका ३ जना कर्मचारीलाई पनि पुरस्कृत गरिएको छ ।