मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘पिम फिल्म फेस्टिभल’मा आर्यन र प्रमिला उत्कृष्ट

फिल्मीखबर, काठमाडौं, 2023/07/01

पाँचौं संस्करणको ‘पिम नेपाल फिल्म फेस्टिभल’मा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रमिला कार्की उत्कृष्ट घोषित भएका छन् । फिल्म ‘डिसेम्बर फल्स’बाट आर्यनले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गर्दा असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बगान’बाट प्रमिलाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् । आर्यनको हातमा धेरैपछि उत्कृष्ट अभिनेताको अवार्ड परेको हो ।

जमलस्थित साँस्कृतिक संस्थानमा तीन दिनसम्म चलेको उक्त फेस्टिभलमा उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘प्रकाश’ले जित्न सफल भयो भने फिल्म ‘लाखे’बाट सम्राट बस्नेतले उत्कृष्ट फिचर निर्देशकको अवार्ड प्राप्त गरे । ‘प्रकाश’ले उत्कृष्ट लेखनको अवार्ड पनि जितेको छ । यो अवार्ड विकास सुवेदीले पाए । उत्कृष्ट भीएफएक्स आर्टिस्टको अवार्ड भने समीर मियाँले जित्न सफल भएका छन् ।

 

aryan sigdel


त्यस्तै, फेस्टिभलमा ‘नम्बरी सुन’ले फिचर फिल्मतर्फ जुरी अवार्ड, ‘डेशान’बाट कमल एक्चै मगरले फिचर फिल्म निर्देशकतर्फ जुरी अवार्ड र ‘लाखे’बाट रोहित रुम्बाले उत्कृष्ट अभिनेताको जुरी अवार्ड प्राप्त गरे । पावर नेपाल इन्टरनेशनल मिडियाको आयोजनामा भएको फेस्टिभलमा उत्कृष्ट चलचित्र पत्रकारको अवार्ड कुबेर गरी र उत्कृष्ट मनोरञ्जन पत्रकारको अवार्ड कृष्ण कँडेलले प्राप्त गरे ।

सोही फेस्टिभलमा पहिलो नेपाली फिल्म ‘आमा’की अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान प्रदान गरिएको थियो भने निर्देशक ऋषिराज आचार्य, अभिनेता तेज गिरी, पत्रकार दीपक विहीन, चलचित्र पत्रकार सचित खड्का, लोकगायक रामकुमार नेपाली र लोकगायक अमृत भारतीलाई सम्मान गरियो । यो फेस्टिभलको उद्घाटन नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले गरेका थिए ।