मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेमसँग मिलेर एक्सन फिल्म बनाउँदै सन्तोष सेन

फिल्मीखबर, काठमाडौं, 2023/06/30

Prem Puri and santos sen

 

‘प्रेमगीत’ निर्माता तथा अभिनेता सन्तोष सेन नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन् । फिल्म ‘प्रेमगीत ४’भन्दा अघि उनले नयाँ नाममा एक्सन फिल्म बनाउन लागेका हुन् । अघिल्लो साता बारा जिल्लामा अवस्थित निजगढको जंगलमा फिल्मको ‘एनाउन्समेन्ट’ टिजर खिचिएको छ । अबको दुई या तीन हप्तामा टिजर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गर्ने तयारीमा सन्तोष छन् ।

फिल्मलाई सन्तोष स्वयंले निर्देशन गर्नेछन् । उनले यसअघि स्व. छेतेन गुरुङसँग मिलेर ‘प्रेमगीत ३’ निर्देशन गरेका थिए । सन्तोष र अभिनेता प्रेम पुरीले संयुक्त रुपमा फिल्मको निर्माण गर्नेछन् । प्रेमले यतिबेला स्क्रिप्ट लेखनको काम भैरहेको जानकारी दिँदै यो वर्ष छायांकन भ्याएर अर्को वर्ष प्रदर्शन गरिने बताए । फिल्मका लागि अहिलेसम्म कलाकारहरु निश्चित नभैसकेको उनको भनाई छ ।

प्रेमले भने, ‘फिल्म एक्सन र लभस्टोरी कथामा बन्नेछ । कथा भने केही वर्ष अगाडिको हुनेछ । अहिले स्क्रिप्ट लेखनकै चरणमा छौं । अबको एक महिनामा थिम टिजर सार्वजनिक गरेर फिल्मको घोषणा गर्नेछौं । सम्भवतः टिजरमा कलाकारको नाम उल्लेख हुन्न । र, टिजरमा कलाकारलाई पनि प्रस्तुत गरेका छैनौं ।’ उनले फिल्ममा आफ्नो अभिनय रहने वा नरहने भन्ने निश्चित नभएको बताए ।

निर्माता सेनको कुनै फिल्ममा प्रेम पुरी कलाकारको रुपमा छुट्दैनन् । पहिलो पटक उनीहरुबीच फिल्म निर्माणमा सहकार्य भएको हो । यो फिल्म रिलिजपछि निर्माता सेन ‘प्रेमगीत ४’ निर्माणको तयारीमा जुट्ने जनाइएको छ । उनले ‘प्रेमगीत ३’लाई हिन्दी भाषामा डब गरेर भारतका हलमा समेत प्रदर्शन गरेका थिए । नयाँ एक्सन फिल्मलाई पनि भारतमा प्रदर्शन गर्ने उनको योजना रहेको छ ।