मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लुङा’ गीतमा भुवन र साराको प्रेमभाव

फिल्मीखबर, काठमाडौं, 2023/06/30

Bhuwan Singh Rai, Sara Lohorung Rai

 

आगामी साउन ५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘लुङा’को गीत सार्वजनिक गरिएको छ । ‘अल्लारे जोवन’ बोलको रोमान्टिक थिमको गीतमा आयुष प्रधानको स्वर, शब्द रचना तथा संगीत रहेको छ । लिरिकल गीतमा फिल्मका अभिनेता भुवन सिंह राई र अधिनेत्री सारा लोहोरुङ राईबीचको प्रेम, नोंकझोक र परिवारको अवरोधलाई देखाइएको छ । गीतको अडियो पक्ष बलियो छ ।

किरण राईको निर्देशनमा तयार भएको फिल्ममा बुद्दि तामाङ, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीपजंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायतको पनि अभिनय छ । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा सञ्जीव राई छन् ।

प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टिआर साम्सोहाङ सह-निर्माता रहेको फिल्मको निर्माणमा भूमिसा प्रोडक्सनले इस्टन मिडियासँग सहकार्य गरेको छ । ‘लुङा’मा किरण राईको छायांकन तथा सम्पादन छ । भुवन सिंह राईको लेखन रहेको फिल्मको पटकथा तथा संवाद प्रयास घिमिरे, निश्चल सापकोटा र भुवन स्वयंले लेखेका हुन् ।