मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चलचित्रकर्मी कल्याणकारी कोष’मा अधिकारीको आर्थिक सहयोग

फिल्मीखबर, काठमाडौं, 2023/06/29

Kalyankari kosh sahayog narayan adhikari 1

 

अमेरिकामा बसोबास गर्दै आइरहेका नारायण अधिकारीले चलचित्र विकास बोर्ड अन्तर्गतको ‘चलचित्रकर्मी कल्याणकारी कोष’लाई आर्थिक सहयोग प्रदान गरेका छन् । बुधबार चाबहिलस्थित बोर्डको कार्यालयमा पुगेर उनले एक लाख रुपैयाँ प्रदान गरेका हुन् । सहयोग प्रदान गर्दै अधिकारीले आफू सधैं नेपाली फिल्मको शुभचिन्तक रहेको र नेपाली फिल्म नियमित रुपमा हेर्ने गरेको बताए ।

चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले सहयोगदाता अधिकारीलाई कदर पत्र प्रदान गरे । कोषकी संयोजक बसुन्धरा भुषालले कोषमा एकपटकको सहयोग जुगजुगसम्मलाई हुने बताइन् । ‘चलचित्रकर्मी कल्याणकारी कोष’मा ४ करोडभन्दा बढी रकम छ । यो रकम संकलन गर्नमा बसुन्धराको भूमिका ठूलो छ । उनले देश तथा विदेशमा सहयोग मागेरै लाखौं रुपैयाँ संकलन गरेकी हुन् ।

सहयोग प्रदान कार्यक्रमममा बोर्ड अध्यक्ष केसी, कोष संयोजक भुषालसहित बोर्ड सदस्यहरु केएल बुढाथोकी, राजु केसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र द्वन्द्व संघका अध्यक्ष नारायण प्रधानलगायत उपस्थित थिए । कोषले समस्यामा रहेका फिल्मकर्मीलाई आपतकालिन अवस्थामा सहयोग प्रदान गर्ने गर्छ ।