मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सहारा र फिरोजले कसे लगनगाँठो

फिल्मीखबर, काठमाडौं, 2023/06/29

Firoj Timalsina and Sahara Karki

 

फिल्म ‘दर्पण छायाँ २’की अभिनेत्री सहारा कार्की र अभिनेता फिरोज तिमल्सिनाले लगनगाँठो कसेका छन् । गत हप्ता इन्गेजमेन्ट गरेका उनीहरुले असार ११ गते सोमबार अमेरिकामा विवाह गरेका हुन् । विवाह समारोहमा दुई पक्षका परिवारको उपस्थिति थियो । करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरु दुवै लामो समयदेखि अमेरिकामा बस्दै आइरहेका छन् ।

नव-विवाहित दम्पतीलाई ‘दर्पण छायाँ २’का अभिनेता पुष्प खड्काले फेसबुकमार्फत वैवाहिक जीवनको शुभकामना दिएका छन् । उक्त फिल्ममा सहाराले पुष्पको अपोजिटमा अभिनय गरेकी थिइन् भने उनीहरुको घनिष्ट साथीको भूमिकामा फिरोज थिए । यही फिल्मबाट सहारा र फिरोजबीच प्रेम अंकुराएको थियो । उनीहरु दुवैको यो पहिलो फिल्म थियो । यसपछि दुवै फिल्मबाट टाढिए ।

सहारा र फिरोजले ‘मेरी प्रिया’ र ‘किन’ गीतको म्यूजिक भिडियोमा पनि एकसाथ काम गरेका छन् । दुवै गीतमा फिरोजको आवाज छ । नेपालमा रहँदा उनी एपिवान टेलिभिजनमा कार्यक्रम निर्माता तथा उद्घोषक, ‘नेपाल आइडल’को प्रोड्युसर र ‘द भ्वाइस अफ नेपाल’को चिफ असिस्टेन्ट डिरेक्टर थिए । सहारा भने ‘दर्पण छायाँ २’मा काम गर्नको लागि अमेरिकाबाट नेपाल आएकी थिइन् ।