मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा प्रदर्शन भयो ‘परस्त्री’, भारतमा भोलिदेखि लाग्ने

फिल्मीखबर, काठमाडौं, 2023/06/29

Parstree परस्त्री Nepali Cinema

 

असार र साउन महिना फिल्म प्रदर्शनको लागि सही समय मानिँदैन । यी महिनामा पानी परिरहने भएकाले त्यसको असर फिल्मको व्यापारमा पर्छ भन्ने बुझाइ प्रायः नेपाली निर्मातामा छ । यसैले हरेक वर्ष हिउँदे महिनामा कमै फिल्म रिलिज हुन्छन् । तर, फिल्म बलियो छ भने दर्शकलाई हल जान न पानीले रोक्छ न घामले । यही विश्वासमा फिल्म ‘परस्त्री’ बिहीबारबाट प्रदर्शनमा आएको छ ।

खासमा यो फिल्म शुक्रबार (भोलि)बाट प्रदर्शनमा आउने तयारीमा थियो । तर, बलिउड फिल्म ‘सत्यप्रेम की कथा’ बिहीबारदेखि नै प्रदर्शन हुने भएपछि ‘परस्त्री’ले एक दिन अगावै प्रदर्शन थालेको हो । फिल्मलाई मल्टीप्लेक्सहरुले सुखद शो दिएका छन् । बैशाख १ गते आएको ‘जारी’पछि सुस्ताएको नेपाली फिल्मको बजारलाई ‘परस्त्री’ले चलायमान बनाउने अपेक्षा फिल्मकर्मीले गरेका छन् ।

हिन्दीमा समेत डब गरिएको यो फिल्म भारतमा भोलि शुक्रबारदेखि मात्र प्रदर्शनमा आउनेछ । भारत प्रचारका लागि निर्देशकदेखि कलाकारसम्म मुम्बई समेत पुगेका थिए । बुधबार काठमाडौंको बिग मुभिजमा फिल्मको प्रिमियर राखिएको थियो । प्रिमियरमा उपस्थित भएका अतिथिहरुले फिल्मको कथावस्तु, कलाकारको अभिनय, छायांकन तथा निर्देशकिय पाटोको प्रशंसा गरेका थिए ।

सुरज पाण्डेद्वारा निर्देशित फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपानेको अभिनय छ । शर्मिला पाण्डेको निर्माण र दीपेन्द्र के. खनालको लेखन रहेको फिल्मलाई निरज कँडेलले छायांकन गरेका हुन् । एक्स्ट्रा म्यारिटल अफेयर (विवाहेत्तर सम्बन्ध)ले निम्त्याउने समस्यामा फिल्म आधारित छ ।