मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

के शिल्पा फेरि बोल्ड सिनका लागि तयार छिन् ?

फिल्मीखबर, काठमाडौं, 2023/06/28

हलिउड र बलिउड दुवै फिल्मको अनुभव बटुलिसकेकी अभिनेत्री शिल्पा मास्के नेपाली फिल्ममा आफूलाई ‘भर्सटायल’ सावित गर्न प्रयासरत छिन् । कुनै फिल्ममा लभर गर्ल बनेकी उनी कुनैमा सोझी युवतीको रुपमा प्रस्तुत भएकी छन् । यही शुक्रबार (पर्सि)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परस्त्री’मा त उनको क्यारेक्टरले ‘सरप्राइज’ बनाउनेछ । फिल्ममा उनको प्रशस्त बोल्ड सिन छ ।

ट्रेलर रिलिजपछि शिल्पाको बोल्ड सिनलाई लिएर चर्चा उत्कर्षमा छ । फिल्म भारतका हलमा समेत प्रदर्शन हुन लागेकाले भारतीय मिडिया र दर्शकमा पनि चर्चाको विषय बनेको छ । ‘परस्त्री’ रिलिजपछि शिल्पालाई यसखालको भूमिका ओइरिन सक्ने देखिन्छ । यो कुरा उनले फिल्म साइन गर्दा नै बुझिसकेकी थिइन् । अब आफूलाई स्टेरियोटाइप बनाउन खोजिनेछ भन्नेमा उनी सचेत छिन् ।

 

Shilpa Maskey


फिल्मको भारत प्रचारको क्रममा आजतक टीभीसँग कुराकानी गर्दै उनले भनिन्, ‘मैले ‘परस्त्री’मा काम गर्ने निर्णय गरेपछि नै यसले पार्ने प्रभावबारे जानकार थिएँ । यो फिल्मपछि मलाई स्टेरियोटाइप गरिन्छ भन्नेमा अवगत थिएँ/छु । शिल्पाले अब यस्तो खालको क्यारेक्टर गर्न सक्छ भन्ने मेकरलाई पर्नेछ र त्यस्तै खालको फिल्महरु अफर आउनेछ । म यसलाई सकारात्मक रुपमा नै लिन्छु ।’

स्क्रिप्ट, क्यारेक्टर र टिम राम्रो भएको अवस्थामा बोल्ड क्यारेक्टर गर्न आफू तयार रहेको उनी बताउँछिन् । शिल्पा अगाडि भन्छिन्, ‘स्क्रिप्ट, क्यारेक्टर र मेकर राम्रो भए म आगामी फिल्ममा पनि बोल्ड क्यारेक्टर गर्न तयार हुनेछ । स्क्रिप्ट र क्यारेक्टर नै राम्रो छैन । मेकरप्रति मलाई विश्वास नै लागेन भने त गर्दिनँ ।’ ‘परस्त्री’ नेपालका लागि नयाँ रहेको पनि शिल्पाले आजतकसँग बताएकी छन् ।

‘यसप्रकारको फिल्म भारतमा धेरै बनेको छ । तर, नेपालका लागि नयाँ हो । यस्तो खालको फिल्म नेपालमा खासै धेरै बन्ने गर्दैनन् । यसकारण पनि हाम्रो लागि यो फिल्म एकदमै चुनौतीपूर्ण थियो,’ उनले अन्तर्वार्तामा भनिन्, ‘फिल्मको आकर्षक पक्ष भनेको यसको स्टोरी लाइन (स्क्रिप्ट) हो । फिल्म एक्स्ट्रा म्यारिटल अफेयर (विवाहेतर सम्बन्ध)को कथामाथि बनेको भएपनि सस्पेन्स उतिक्कै छ ।’

आफूले आफैंलाई चुनौती दिन पनि ‘परस्त्री’मा काम गर्न तयार भएको शिल्पाको कथन छ । ‘मलाई आफूले आफैंलाई चुनौती दिनु थियो कि म यस्तो खालको (बोल्ड) क्यारेक्टर पनि गर्न सक्छु । यसकारण मैले यो फिल्ममा काम गर्न स्वीकार गरेको हुँ । भविष्यमा यस्तो प्रोजेक्ट अरु पनि आयो भने सोचेर-बुझेर गर्नेछु,’ उनले भनिन् । ‘परस्त्री’ भारतीय दर्शकलाई पनि मनपर्ने उनको विश्वास छ ।