Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परस्त्री’को हिन्दी भर्सन नेपालमा रिलिज नहुने

फिल्मीखबर, काठमाडौं, 2023/06/27

सुरजले निर्देशन गर्ने 'परस्त्री' मा कोशिश

 

नेपाली र भारतीय भाषामा तयार भएको फिल्म ‘परस्त्री’ नेपालमा भने नेपाली भाषामा मात्र प्रदर्शन हुने भएको छ । केही समयअघि फिल्मको टिमले हिन्दी भर्सनलाई पनि नेपालमा प्रदर्शन गर्ने योजना बनाएको थियो । तर, अब फिल्मको हिन्दी डब भर्सन नेपालमा नलगाइने भएको छ । नेपालमा नेपाली भाषा र भारतमा हिन्दी भाषामा फिल्म प्रदर्शन हुने निर्देशक सुरज पाण्डेले जानकारी दिए ।

अहिले मुम्बईमा रहेका निर्देशक पाण्डेले फेसबुकमा लेखेका छन्, ‘हामीले निर्माण गरेको नेपाली र हिन्दी भाषाको चलचित्र ‘परस्त्री’ यही असार १५ गतेदेखि नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने कुरा हाम्रा दर्शकहरुलाई जानकारी गराउन चाहन्छु । साथै हिन्दी भाषामा रहेको ‘परस्त्री’को संस्करण भारतमा मात्रै प्रदर्शन हुनेछ भने नेपाली भाषामा रहेको ‘परस्त्री’ नेपालमा प्रदर्शन हुनेछ ।’

फिल्मका लेखक तथा निर्माता दीपेन्द्र के. खनालले हिन्दी भाषा नेपालमा रिलिज गर्न आवश्यक नदेखेकाले अब ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्र प्रदर्शन हुने बताए । उनले भने, ‘नेपालमा नेपाली भाषा मात्र रिलिज गरौं भन्ने उद्देश्य हो । भाषा मात्र न फरक हो, भिजुअल ल्याङवेज त एउटै हो । त्यसैले हिन्दी भाषा नेपालमा रिलिज गर्दैनौं । अब भारतमा मात्र हिन्दी भाषा प्रदर्शन हुन्छ ।’

 

parastree


फिल्ममा शिल्पा मास्के, गौरव विष्ट, कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपानेलगायतको अभिनय छ । शर्मिला पाण्डे फिल्मकी निर्मात्री हुन् । फिल्मलाई निरज कँडेलले खिचेका हुन् । फिल्मको भारत प्रदर्शन तथा प्रिमियरका लागि निर्देशक पाण्डेसहित कलाकारको टिम अहिले मुम्बईमा रहेको छ ।