Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सुरजको प्रष्टीकरण- ‘फिल्म चलाउन बोल्ड सिन राखेका होइनौं’

फिल्मीखबर, काठमाडौं, 2023/06/27

Shilpa Maskey Gaurav Bist, Suraj Pandey

 

यही असार १५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘परस्त्री’को टिमले दुई देशमै प्रचार-प्रसारलाई तीव्र बनाएको छ । यतिबेला फिल्मका निर्देशक सुरज पाण्डे, निर्मात्री शर्मिला पाण्डे, अभिनेत्री शिल्पा मास्के र अभिनेता गौरव विष्ट बलिउड नगरी मुम्बईमा छन् । यस फिल्मको ट्रेलरमा समावेश चुम्बन तथा बेडसिनको चर्चा नेपालसँगै भारतमा समेत भैरहेको छ ।

दुवै देशमा कतिपयले फिल्म चलाउनलाई मात्रै बोल्ड सिन जबर्जस्ती राखिएको हुनसक्ने टिप्पणी गरेका छन् । तर, निर्देशक पाण्डे यसलाई ठाडै नकार्छन् । आइतबार भारतीय मिडियासँग साक्षात्कार गर्ने क्रममा निर्देशक पाण्डेले फिल्ममा जबर्जस्ती बोल्ड सिन नराखेको प्रष्टीकरण दिए । ‘कथाले मागेपछि बोल्ड सिन राखेका हौं । फिल्म चलाउनलाई बोल्ड सिन राखेका होइनौं,’ उनले भने ।

फिल्म बनाउनु आफैंमा चुनौतीपूर्ण काम रहेको बताउँदै उनले ‘परस्त्री’मा उठाएको विषय झनै चुनौतीपूर्ण रहेको बताए । फिल्ममा रोमान्स, लभ, थ्रिल, एक्सन, ग्ल्यामर सबै रहेको उनको दाबी छ । फिल्मले समाजलाई सन्देश पनि दिने उनी बताउँछन् । ट्रेलरले नेपाल र भारतमा सकारात्मक प्रतिक्रिया पाएकाले फिल्म दुवै देशमा व्यावसायिक रुपमा सफल हुने विश्वास निर्देशक पाण्डेको छ ।

‘प्रेमगीत ३’कै कारण ‘परस्त्री’लाई भारतमा प्रदर्शन गर्न लागिएको हो ? भन्ने भारतीय सञ्चारकर्मीको प्रश्नमा सुरजले भने, ‘त्यस्तो हैन । हामीले डेढ वर्षअघि नै नेपाली र भारतीय भाषामा फिल्मको छायांकन गरेका थियौं । यद्यपि, ‘प्रेमगीत ३’ले भारतमा नेपाली फिल्म प्रदर्शनका लागि राम्रो बाटो खोलिदिएको छ ।’ पाण्डेले बलिउडमा आफ्नो मनपर्ने निर्देशक राजकुमार हिमानी रहेको पनि बताए ।