मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३६ दिनमा प्याकअप भयो निश्चलको ‘दिमाग खराब’

फिल्मीखबर, काठमाडौं, 2023/06/27

६ वर्षपछि निर्देशनमा फर्किएका सेलिब्रेटी निर्देशक निश्चल बस्नेतले ३६ दिनमा फिल्म ‘दिमाग खराब’को छायांकन पूरा गरेका छन् । सोमबार काठमाडौंको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा फिल्मको अन्तिम सिन खिचिएको हो । सेड्युल (४० दिन) भन्दा ४ दिन अगावै ‘प्याकअप’ भएको फिल्मको काभ्रेको पाँचखाल क्षेत्र र काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिएको छ ।

 

dimag kharab


फिल्मकी प्रमुख अभिनेत्री स्वस्तिमा खड्काले फेसबुकमा सेअर गरेको सुटिङ ‘प्याकअप’पछिको सामुहिक तस्विरको पृष्ठभूमिमा लोकतान्त्रिक जनविश्वास पार्टीको बोर्ड देखिन्छ । यसले फिल्म राजनीतिक विषयमा आधारित रहेको बुझाउँछ । जनता र शक्तिको कथामा बनेको फिल्म आगामी कात्तिक २४ गते प्रदर्शन हुँदैछ । निश्चलको कमब्याक फिल्म भएकाले दर्शकमा अपेक्षा उच्च छ ।

फिल्ममा स्वस्तिमाका साथै खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा र विजय बरालको मुख्य भूमिका रहेको छ । स्वस्तिमाले पहिलो पटक श्रीमान् निश्चल बस्नेतको निर्देशनमा फिल्ममा काम गरेकी हुन् । उनीहरुले यसअघि आधा दर्जनभन्दा बढी म्यूजिक भिडियोसँगै फिल्म ‘घामड शेरे’मा एकसाथ अभिनय गरेका थिए । ‘दिमाग खराब’मा आकाश बरालको पटकथा लेखन रहेको छ ।  

 

dimag kharab


ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । फिल्मको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् । निश्चलले आफ्नो दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ रिलिज लगत्तै ‘दिमाग खराब’ निर्माणको घोषणा गरेका थिए ।