मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नेपाल-अमेरिका चलचित्र महोत्सव’मा ‘राधा’ उत्कृष्ट फिल्म घोषित

फिल्मीखबर, काठमाडौं, 2023/06/26

subarna thapa

 

असार ७ गतेदेखि १० गतेसम्म अमेरिकाको मेरिल्यान्ड राज्यमा आयोजना भएको ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा सुवर्ण थापाद्वारा निर्देशित फिल्म ‘द सेक्रेटस् अफ राधा’ले उत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको छ । अवार्ड उचाल्न निर्देशक थापा स्टेज उक्लिएका थिए । सोही महोत्सवमा सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ र पाकिस्तानी निर्देशक साइम सदिकको फिल्म ‘जोयलेण्ड’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ ।

यसैगरी, महोत्सवमा सनी लियु निर्देशित ‘पियोना म्यान’ र अमेरिकी निर्देशक न्यान्सी स्पेस्डेन निर्देशित ‘पासाङ : द स्याडो अफ एभरेष्ट’ले उत्कृष्ट फिचर वृत्तचित्र पुरस्कार प्राप्त गर्‍यो भने सचिन घिमिरे निर्देशित वृत्तचित्र ‘इन्टू द मिस्ट’लाई मानार्थ पुरस्कार प्रदान गरिएको छ । वृत्तचित्र विधातर्फ उत्कृष्ट वृत्तचित्रको पुरस्कार श्रीष कुँवर निर्देशित ‘मेरो बुबा’ले प्राप्त गर्दा भारतका मिधुनजी बाबुको ‘डु डक्स माइग्रेन’ले मानार्थ पुरस्कार पायो ।

उत्कृष्ट छोटो कथानक फिल्मको पुरस्कार सन्तोष दाहालको ‘द मिराज’ले प्राप्त गरेको छ भने सूर्य शाही निर्देशित ‘ह्वील्स अन द बस’ले मानार्थ पुरस्कार पाएको छ । महोत्सवले प्रदान गर्ने ‘इम्पावरमेन्ट अवार्ड’ ओस्कार अवार्डमा नोमिनेशन भएको फिल्म ‘कमिङ आउट वीद द हेल्प अफ टाइम मेसिन’ले प्राप्त गरेको छ । त्यस्तै, ‘ह्वेर द विण्डो डाइ’ले फ्रिडम अफ एक्सप्रेशन अवार्ड प्राप्त गर्‍यो ।

महोत्सवका निर्णायक अमेरिकाका निना स्ट्राइक, रेबेका बुस्तमान्ते र इरानका फरिद बोजमेरले विभिन्न ११ देशका ३७ वटा फिल्ममध्येबाट ती फिल्म पुरस्कारका लागि छनोट गरेका थिए । एएफआई सिल्भर थिएटर र ८० वर्षदेखि सञ्चालनमा रहेको वर्ल्ड ग्रीनबेल्ट थिएटरमा फिल्म प्रदर्शन गरिएका थिए । महोत्सवमा फिल्म प्रदर्शनका साथै ‘इन्भेस्टिङ इन साउथ एशियन स्टोरिज’ विषयमा अन्तरक्रिया गरिएको थियो ।