Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियाको तस्मानियामा निर्माता अधिकारीले गरे ‘हेरिटेज अफ फेसन’ शो

फिल्मीखबर, काठमाडौं, 2023/06/26

२०७६ सालको सफल फिल्म ‘आमा’का सह-निर्माता सन्तोष अधिकारीले ‘हेरिटेज अफ फेसन’को अष्ट्रेलियास्थित तस्मानिया संस्करण सम्पन्न गरेका छन् । आइतबार पहिलो पटक तस्मानियाको होबार्टमा आसाप इन्टरटेनमेन्टले थ्रेटर रोयलसँग सहकार्य गरेर आयोजना गरेको फेसन शोमा स्थानीय सांसददेखि मेयरसम्मको उपस्थिति रहेको थियो ।

 

HOF-Tasmania


तस्मानिया राज्यसभाकी सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सीलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लूमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सिआर जोन केलीको उपस्थिति रहेको ‘हेरिटेज अफ फेसन’मा सहभागी हुन नेपालबाट सञ्चारकर्मी विवेक खतिवडा, शो कोरियोग्राफर मुस्कान रानी, ड्रेस डिजाइनर अमितेष कर्ण र इन्द्रा लक्ष्मी अचाजु अष्ट्रेलिया पुगेका थिए ।

 

HOF-Tasmania (2)


‘हेरिटेज अफ फेसन’मा नेपाली फेसन डिजाइनरले तयार पारेका परम्परागत तथा आधुनिक शैलीको पहिरनमा नेपाललगायत विभिन्न देशका कलाकार तथा मोडलहरु र्‍यापमा उत्रिएका थिए । ती पहिरनले नेपालको समृद्धि, जीवन्त सम्पदालाई झल्काएको आयोजकको दाबी छ । निर्माता अधिकारीले ‘हेरिटेज अफ फेसन’ नेपाली कला र संस्कृतिको वास्तविक उत्सव रहेको बताए ।

 

HOF-Tasmania (2)


निर्माता अधिकारीले निर्माण गरेको नयाँ फिल्म ‘तीन जन्तु’ प्रदर्शनको पखाईमा छ भने अहिले उनी दुई फिल्म ‘एयुडी’ र ‘चित्रा’ निर्माणको तयारीमा छन् । ‘चित्रा’मा उनी स्वयंले पनि अभिनय गर्दैछन् ।