मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 3.38/5.00)
Text size:-
+
-

‘परस्त्री’ले बलिउडसँग राम्रो सम्बन्ध स्थापित गर्नेछ : शिल्पा मास्के

फिल्मीखबर, काठमाडौं, 2023/06/26

shilpa maskey

 

असार १५ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘परस्त्री’की अभिनेत्री शिल्पा मास्केले बलिउड इन्डस्ट्रीसँग राम्रो सम्बन्ध स्थापित गर्न फिल्मले भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् । फिल्मको भारत प्रदर्शन र प्रिमियरको शिलशिलामा मुम्बईमा रहेकी मास्केले भारतीय सञ्चारकर्मीसँग कुराकानीको क्रममा फिल्मले नेपाली इन्डस्ट्रीमा राम्रो परिवर्तन गर्ने पनि बताइन् ।

‘फिल्ममा थ्रिलर, सस्पेन्स, प्रेम सबै छ । फिल्मले नेपाली इन्डस्ट्रीमा राम्रो परिवर्तन गर्नेछ भन्ने आशा छ । र, बलिउडसँगै भारतसँग राम्रो सम्बन्ध स्थापित हुनेछ,’ उनले भनिन् । ‘परस्त्री’को क्यारेक्टर आफ्नो लागि निकै चुनौतीपूर्ण रहेको बताउँदै उनले को-एक्टर (गौरव विष्ट)देखि निर्माण टिम एकदमै ‘प्रोफेसनल’ रहेकाले चुम्बन र बेडसिनमा कुनै अप्ठ्यारो महशुस नभएको पनि प्रष्ट पारिन् ।

निर्देशक सुरज पाण्डेले दुईवटा भाषामा फिल्मलाई एकसाथ तयार गरेर दुई देशमा रिलिज गर्न एकदमै गाह्रो रहेको अनुभव सुनाए । ट्रेलरले नेपाल र भारतमा निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरेकाले फिल्म सफल हुनेमा उनले विश्वास व्यक्त गरे । आइतबार मुम्बईमा ‘संयुक्त नेपाली महासंघ मुम्बई भारत’ले फिल्मको टिमको सम्मानमा विशेष कार्यक्रमको समेत आयोजना गरेको थियो ।

 

shilpa maskey


फिल्ममा शिल्पाका साथै गौरव विष्ट, कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपानेलगायतको अभिनय छ । शर्मिला पाण्डे र दीपेन्द्र के. खनालले निर्माणमा सहकार्य गरेको फिल्मलाई निर्माता खनाल स्वयंले लेखेका हुन् । उनी आफैंमा सफल निर्देशक हुन् । यस फिल्मलाई निरज कँडेलले खिचेका हुन् ।