मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘परस्त्री’को ‘जीवन भनेको’ गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2023/06/23

KOSHISH CHHETRI, SHILPA MASKEY

 

आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परस्त्री’को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । ‘जीवन भनेको’ बोलको क्लब गीतमा केतन क्षेत्रीको स्वर, केके ब्रोदर्सको कम्पोज तथा शब्द रचना छ । फिल्मकी मुख्य पात्र आभ्या (शिल्पा मास्के)को जन्मदिनको सेटअपमा तयार पारिएको गीतले फिल्मको कथालाई पनि प्रस्ट्याएको निर्माण टिमको भनाई छ ।

विवाहेत्तर सम्बन्ध (एक्स्ट्रा म्यारिटल अफेयर्स)ले निम्त्याउने पारिवारिक संकटको कथामा निर्माण भएको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकिय फिल्म हो । निरज कँडेलको छायांकन रहेको फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ ।

डिएस डिजिटलको व्यानरमा निर्माण भएको फिल्मको निर्माता शर्मिला पाण्डे हुन् । फिल्मलाई दीपेन्द्र के. खनालले लेखेका हुन् । हिन्दीमा डब भएको ‘परस्त्री’ भारतमा समेत प्रदर्शन हुँदैछ । भारत प्रदर्शन र प्रिमियरका लागि शुक्रबार निर्माण टिम मुम्बई प्रस्थान गरेको छ । फिल्ममा समावेश चुम्बन, बेडसिन र हिंसाका दृश्यका कारण नेपालको सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको छैन ।