मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

दिनेशको फिल्ममा प्रदीप र पल

फिल्मीखबर, काठमाडौं, 2023/06/23

प्रदीप र पल : सुरु भएको हो दुश्मनी ?

 

नेपाली फिल्मका चल्तीका अभिनेताद्वय प्रदीप खड्का र पल शाहलाई एउटै फिल्ममा हेर्ने दर्शकको इच्छा अब पूरा हुने भएको छ । दिनेश राउतको निर्देशनमा बन्न लागेको एक फिल्ममा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । नाम तय नभैसकेको फिल्ममा उनीहरु दुवै प्रोटागोनिस्ट पात्रको रुपमा रहने लेखक विकास सुवेदीले जानकारी दिए । फिल्ममा दुवैको बराबर भूमिका रहनेछ ।

सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको छायांकन आगामी भदौबाट सुरु हुनेछ । फिल्मका लागि पलले असार दोस्रो हप्तादेखि कलाकार अनुप बरालबाट अभिनय सिक्दैछन् । यसअघि फिल्म ‘प्रकाश’का लागि प्रदीपले पनि बरालबाट तीन महिना अभिनय सिकेका थिए । फिल्ममा अहिलेलाई पल र प्रदीप मात्र निश्चित छन् । फिल्मको स्क्रिप्टको ‘फर्स्ट ड्राफ्ट’ सकिसकेको छ ।

दिनेश र पलबीच पहिलो पटक सहकार्य हुन लागेको हो । पल स्वयंले राउतसँग काम गर्ने इच्छा देखाएका हुन् । दिनेशले प्रदीपसँग भने गत वर्ष प्रदर्शित फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए । यसमा प्रदीपको अभिनयको प्रशंसा भएको थियो । ‘प्रकाश’पछि उनलाई निर्देशक राउतप्रति पूर्ण विश्वास छ । राउतले निर्देशन गर्ने फिल्मको उनी स्क्रिप्ट नहेरी सम्झौता गर्न तयार हुने बताइन्छ ।

प्रदीप र पलले यसअघि निर्माता सन्तोष सेनको फिल्म ‘हुतुतु’मा काम गर्ने निश्चित थियो । तर, निर्देशक तथा लेखक छेतेन गुरुङको निधन भएपछि फिल्मको काम अगाडि बढ्न सकेको छैन । अब यी दुई स्टारलाई लिएर निर्देशक राउत फिल्म बनाउन कसिएका छन् । उनीहरुलाई एकसाथ पर्दामा हेर्न दर्शकलाई पनि रोचक हुनेछ । व्यावसायिक सफलताको सम्भावना पनि प्रवल देखिन्छ ।