फिल्ममा सर्वाधिक रुचाइएको जोडी हो, दयाहाङ राई र बुद्दि तामाङ । फिल्म ‘कबड्डी’ सिरिजमा केमेस्ट्री रुचाइएपछि उनीहरुले निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । प्रायः फिल्ममा दयाहाङको ‘ब्याक बोन’को रुपमा बुद्दि प्रस्तुत हुने गरेका छन् । अब यो जोडी फिल्म ‘कार्साङ’मा पनि एकसाथ देखिने भएको छ । दयाहाङपछि बिहीबार बुद्दि फिल्ममा अनुबन्धित भएका छन् ।
यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई यम शेर्पाले निर्देशन गर्दैछन् । तिहारपछि विभिन्न चरणमा छायांकन हुन लागेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ । फिल्ममा उनी निर्माताका रुपमा पनि छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका-६ मा ९० प्रतिशत र बाँकी भोटेकोसीमा गाउँपालिकामा हुनेछ । फिल्म एउटा समुदायको कथामाथि बन्न लागेको हो ।
फिल्मका लागि बाँकी कलाकारहरु अडिसनबाट छानिने निर्देशक शेर्पाले बताए । फिल्ममा दयाहाङ अनुबन्धित भएसँगै विदेशबाट ओभरसिज राइटसको माग बढिरहेको उनको भनाई छ । फिल्ममा निर्देशक शेर्पा स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) छ । यही फिल्मबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । यसअघि उनले केही सर्ट फिल्मको भने लेखन तथा निर्देशन गरेका थिए ।