मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

अदालतले आदेश दिए पनि ‘आदिपुरुष’ नेपालमा प्रदर्शन नहुने

फिल्मीखबर, काठमाडौं, 2023/06/23

Prabhas' Adipurush To Suffer A Major Dent In Overseas Market, Affecting The  Overall Worldwide Box Office Run?

 

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति दिएको कुनै पनि फिल्मलाई नरोक्न उच्च अदालत पाटनले बिहीबार अल्पकालीन अन्तरिम आदेश दिए पनि रामायण ग्रन्थमा आधारित भएर बनेको भारतीय फिल्म ‘आदिपुरुष’ नेपालमा प्रदर्शन नहुने भएको छ । नेपाल वितरक कम्पनी व्यंकटेस इन्टरटेनमेन्टका उज्जवल पौडेलले फिल्मलाई अब प्रदर्शन नगरिने जानकारी दिए ।

हल व्यावसायी र वितरकहरुको संस्था नेपाल चलचित्र संघका द्वितीय उपाध्यक्ष गोपालकाजी कायस्थले वितरकले नै फिल्म प्रदर्शन नगर्ने भनेकाले अब ‘आदिपुरुष’ नेपालमा नलाग्ने जानकारी दिए । उनले अन्य भारतीय फिल्म भने प्रदर्शन हुने बताएका छन् । उनी भन्छन्, ‘अदालतले नै भारतीय फिल्मको प्रदर्शन नरोक्न आदेश दिएपछि अब रोकिन्न । नयाँ हिन्दी फिल्म नेपालमा प्रदर्शन हुन्छ ।’

‘आदिपुरुष’मा समावेश सीतासम्बन्धी संवाद संशोधन नगरेको भन्दै सोमबारदेखि काठमाडौं महानगरले आफ्नो क्षेत्राधिकारभित्रका हलमा सम्पूर्ण हिन्दी फिल्मको प्रदर्शन रोकेको थियो । यही सिको गर्दै अरु नगरपालिकाले पनि भारतीय फिल्मको प्रदर्शन रोकेका थिए । यसपछि नेपाल चलचित्र संघले भारतीय फिल्मको प्रदर्शन नरोक्न माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो ।

संघको रिट निवेदनमा बिहीबार भएको सुनुवाईमा न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएका फिल्म नरोक्न आदेश जारी गरेको हो । तर, काठमाडौं महानगरका प्रमुख बालेन शाहले अदालतको आदेश नमान्ने बताउँदै कुनै भारतीय फिल्म प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन् । उनले अदालत र सरकारलाई भारतको गुलाम समेत भनेका छन् ।