मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयुष्मान र आशिरमानले गरिदिए आमाको विवाह

फिल्मीखबर, काठमाडौं, 2023/06/22

नेपाली फिल्मका अभिनेताद्वय आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशी (दाजुभाई)ले आमा रविना देशराज श्रेष्ठ (पूर्व बैंकर)को विवाह गरिदिएका छन् । बिहीबार काठमाडौंको एक रिसोर्टमा भएको विवाह समारोहमा उनीहरुले बेहुलीको भेषमा सजिएकी आमालाई साथमा लिएर मण्डप पुर्‍याएका थिए । रविनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन् ।

 

rabina ds shrestha


रविनाको विवाह समारोहमा जोशी परिवारकी बुहारी तथा अभिनेत्री प्रियंका कार्की, अभिनेत्रीद्वय परमिता आरएल राणा र निरिशा बस्नेतको पनि उपस्थिति रहेको थियो । परमिता र निरिशा रविनाको विवाहकै लागि मुम्बईबाट नेपाल आएका हुन् । केही दिनअघि रविनाको निजी निवासमा मेहन्दी सेरेमनी भएको थियो । आमाको विवाहमा आयुष्मान र आशिरमान दुवै हर्षित देखिएका छन् ।

 

rabina ds shrestha


मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि गत पुषमा सामाजिक सञ्जालबाट प्रेमी सार्वजनिक गरेकी रविनाले गत फागुनमा प्रेमी च्यापम्यानसँग काठमाडौंको एक पाँचतारे होटलमा इन्गेजमेन्ट गरेकी थिइन् । हजुरआमा भैसकेकी रविनाले जीवनको यो विन्दूमा लिएको बिहेको निर्णयलाई लिएर सकारात्मक र नकारात्मक दुवैखाले टिका-टिप्पणी भैरहेका छन् ।

 

rabina ds shrestha


रेविना नेपाली फिल्मकी कलाकार पनि हुन् । प्रशान्त रसाइलीको निर्देशनमा बनेको फिल्म ‘सोल सिस्टर’मा उनले विशेष भूमिकामा अभिनय गरेकी थिइन् । त्यसपछि भने उनले फिल्ममा अभिनय गरेकी छैनन् । उनका श्रीमान् च्यापम्यान बेलायती नागरिक हुन् । उनी लामो समयदेखि विश्व वन्यजन्तु कोषमा आबद्ध छन् । उनी आफ्नो छोरीसहित विवाहका लागि गत हप्ता नेपाल आएका थिए ।