मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

भारतमा ‘आदिपुरुष’ले दम तोड्यो

एजेन्सी, मुम्बई, 2023/06/22

Prabhas' Adipurush To Suffer A Major Dent In Overseas Market, Affecting The  Overall Worldwide Box Office Run?

 

‘बाहुबली’ फेम्ड अभिनेता प्रभास अभिनीत हिन्दी फिल्म ‘आदिपुरुष’ प्रदर्शन अगावैदेखि विवादमा तानिएको थियो । तर, त्यो विवाद सामाजिक सञ्जालमा मात्रै सीमित थियो । तर, प्रदर्शनमा आएपश्चात् फिल्ममा समावेश संवादको भाषालाई लिएर अदालतमा मुद्धा दर्तादेखि सडकमा विरोध प्रदर्शनसम्म भैरहेका छन् । फिल्मले रामायण ग्रन्थलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लागेको छ ।

भारतमा चर्किएको विवाद र खराब रिभ्यूको प्रभाव फिल्मको व्यापारमा पर्न थालेको छ । ८६ करोडको आक्रामक ओपनिङ गरेको फिल्मले प्रदर्शनको तीन दिनसम्म सानदार कमाई गरेको थियो । तर, चौंथो दिनदेखि फिल्मको व्यापार ७५ प्रतिशतले खस्कियो । प्रदर्शनको छैठौं दिनमा फिल्मले ७ करोड ५० लाख मात्र कमाएको छ । अब फिल्म बक्स अफिसमा उकासिने सम्भावना कम छ ।

६ सय करोडको बजेटमा निर्माण भएको फिल्मको गिर्दो कमाईले मेकर चिन्तित देखिएका छन् । यसबीच, मेकरले दर्शकहरुलाई हलसम्म तान्नका लागि दुई दिन टिकटको मूल्य घटाउने निर्णय गरेका छन् । निर्माण कम्पनी टी-सीरीजले २२ र २३ जूनका लागि ‘आदिपुरुष’को थ्रीडी टिकटको मुल्य १५० रुपैयाँ तोकेको छ । साथै, मेकरले फिल्मको विवादित संवादलाई समेत सच्चाएका छन् ।

फिल्मलाई लिएर नेपालमा समेत विवाद चर्किएको छ । फिल्ममा सीतासम्बन्धी गलत संवाद समावेश गरिएको भन्दै काठमाडौंसहित देशका विभिन्न नगरपालिकाहरुले फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेपछि मनोज राठी समुहको नेपाल वितरक कम्पनी व्यंकटेस इन्टरटेनमेन्टले फिल्मलाई देशभरबाट उतारिसकेको छ । फिल्मले नेपालमा १ करोड १० लाख ५३ हजार रुपैयाँ नेट कमाएको छ ।