Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलेजका विद्यार्थी फकाउँदै ‘अन्तिम संस्कार’ टिम

फिल्मीखबर, काठमाडौं, 2023/06/21

यही असार ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘अन्तिम संस्कार’को टिमले युवापुस्ताका दर्शकलाई लक्षित गर्दै ‘कलेज क्यापियन अभियान’ चलाएको छ । गएको दुई हप्तामा फिल्मका निर्देशक प्रदीप शाही, कलाकारहरु विजय लामा, दीया पुन, रेश्मा घिमिरे, त्रिचु राई, एवन राज उप्रेतीले काठमाडौंका एक दर्जन कलेजका विद्यार्थीहरुसँग साक्षात्कार गर्दै फिल्म हेर्न हुटहुटी जगाएका छन् ।

 

antim saskar


‘कलेज क्यापियन’को क्रममा क्याप्टेन तथा अभिनेता विजय लामाले यो फिल्म आफ्नो लागि चार दशकपछिको पूर्नजन्म रहेको बताए । उनी भन्छन्, ‘पहिलो फिल्म ‘आदर्श नारी’ रिलिज हुने बेला मलाई जस्तो डर थियो, अहिले त्योभन्दा बढी डर अनुभूति भैरहेको छ । किनकि, म एकपटक फेरि नयाँ ढंगले करिअर सुरु गर्दैछु ।’ अभिनेता लामाले यो फिल्मका लागि १८ केजी तौल घटाएका छन् ।

 

antim saskar (3)


निर्देशक शाही कलेज प्रचारको प्रभाव फिल्मको व्यापारमा पर्नेमा विश्वस्त देखिएका छन् । विद्यार्थीहरु फिल्म हेर्न उत्साहित रहेको उनले बताए । त्यस्तै, अभिनेत्री पुनले कलेजका विद्यार्थीहरुसँग साक्षात्कार गर्न पाउँदा खुसी लागेको बताइन् । फिल्ममा आफूले अहिलेसम्मकै चुनौतीपूर्ण भूमिकामा काम गरेको बताउँदै उनले फिल्मको कथा दर्शकलाई केही फरक लाग्ने विश्वास व्यक्त गरिन् ।

 

antim saskar (3)


मर्डर मिस्ट्रीको कथामा निर्माण भएको फिल्ममा विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग लामा, विकाश अधिकारी, सरोज खालिङ्ग राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्यको पनि अभिनय छ । फिल्ममा दीया डिएसपीको भूमिकामा छिन् । निर्देशक शाही स्वयंले फिल्म लेखेका हुन् । उनको पहिलो निर्देशकिय फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ थियो ।