मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘परस्त्री’को चुम्बन र बेडसिनमा सेन्सर बोर्डले जनायो आपत्ति, दिएन प्रदर्शन अनुमति

फिल्मीखबर, काठमाडौं, 2023/06/20

परस्त्री' ट्रेलरमा शिल्पाको 'बोल्ड सिन'

 

यही असार १५ गतेबाट प्रदर्शन हुन लागेको सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’लाई सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ । बोर्डले फिल्ममा समावेश चुम्बन र बेडसिनप्रति आपत्ति जनाउँदै त्यसलाई सच्चाउन र केही दृश्यहरु ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ । मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरेका थिए ।

तर, सेन्सर बोर्डको निर्देशन मान्ने पक्षमा निर्मात्री शर्मिला पाण्डे छैनन् । बोर्डले आपत्ति जनाएका दृश्य हटाए फिल्मको मूल मर्म मर्ने उनको भनाई छ । उनले फिल्मका कुनै दृश्य नहटाउने बरु कानुनी उपचारमा जाने बताएकी छन् । गत महिना सार्वजनिक भएको ट्रेलरले नै फिल्म सेन्सर प्रक्रियामा अल्झिने अनुमान धेरैले गरेका थिए । फिल्ममा प्रशस्त चुम्बन र बेडसिन समावेश गरिएको छ ।

नेपाली र भारतीय भाषामा तयार गरिएको फिल्म असार १५ गतेदेखि भारतका हलमा पनि प्रदर्शन हुँदैछ । तर, नेपालमा फिल्मको दृश्यलाई लिएर सेन्सर बोर्डले आपत्ति जनाउँदै जाँचपासको प्रमाणपत्र नदिएपछि रिलिज अन्योल बनेको छ । यस फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव बिष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी आदिको अभिनय छ ।