मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महाशिवरात्रीमा आउने भयो नवलको ‘काँडेतार’

फिल्मीखबर, काठमाडौं, 2023/06/18

नवल खड्काद्वारा निर्देशित, निर्मित तथा अभिनीत फिल्म ‘काँडेतार’ यस वर्षको महाशिवरात्रीको दिनबाट प्रदर्शनमा आउने भएको छ । अभिनेता खड्काले आइतबार आफ्नो जन्मदिनको अवसर पारेर एक पोस्टरमार्फत् आगामी फागुन २५ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । २५ गते शिवरात्रीको सार्वजनिक विदा र शुक्रबार पनि परेकाले नवलले उक्त मिति रोजेका हुन् ।

गत बैशाखमा चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मको केही दृश्य र संवादमा आपत्ति जनाउँदै प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिएको थिएन । यो विषयलाई केही दिन मिडियामा उछालेका नवलले आपत्तिजनक संवाद र दृश्य हटाएपछि सेन्सर बोर्डले प्रमाणपत्र दिएको थियो । फिल्मले नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने मुद्धा उठाएको निर्देशक खड्का बताउँछन् ।

 

nawal khadka


फिल्ममा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको पनि अभिनय छ । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्मको टिजर र एक गीत भने रिलिज भैसकेको छ ।

नवलसँगै माकिको राई र अञ्जु केसी निर्माता र सत्यकला राई कार्यकारी निर्माता रहेको ‘काँडेतार’मा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ । फिल्मलाई राज्यद्वारा आर्थिक अनुदान, करमा छुट, स्वदेशमा सोलो प्रदर्शन र विदेशमा प्रदर्शन गर्न कुटनैतिक पहल गरिदिन निर्देशक नवलले सरकारसँग आग्रह गरेका छन् ।