मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिषेकले पटक-पटक नकारेका थिए ‘लगान’

एजेन्सी, मुम्बई, 2023/06/17

Abhishek Bachchan had turned down 'Lagaan' - Daily Times

 

बलिउडकै माइलस्टोन फिल्म मानिने ‘लगान’ रिलिजको २२ वर्ष पूरा भैसकेको छ । आशुतोष गोवारिकर निर्देशित फिल्म १५ जून २००१ मा रिलिज भएको थियो । त्यसबेला फिल्मले भारतमा मात्रै ३४ करोड कमाएको थियो । कयौं हिसाबमा यो फिल्मले इतिहास रचेको छ । फिल्ममा अभिनेता आमिर खान मुख्य भूमिकामा थिए । यही फिल्मले उनलाई करिअरमा नयाँ उचाइँ दिलाएको थियो ।

तर, कमैलाई थाहा छ कि सबैभन्दा पहिला फिल्मको अफर अभिनेता अभिषेक बच्चनलाई गरिएको थियो । तर, उनले पटक-पटक फिल्ममा काम गर्न अस्वीकार गरे । हालै एक अन्तर्वार्तामा उनले ‘लगान’ अस्वीकार गर्नुको कारण खुलाएका छन् । आफू उक्त भूमिकाका लागि उपयुक्त नभएकै कारण पछाडि हटेको उनको भनाई छ । यद्यपि, फिल्म हिट हुन्छ भन्ने उनलाई विश्वास रहेछ ।

ईटी टाइम्ससँगको अन्तर्वार्तामा अभिषेकले भनेका छन्, ‘मलाई के लाग्यो भने यो भूमिकाका लागि म सही होइन । ‘लगान’ जस्तो एपिकका लागि म त्यसबेला नयाँ थिएँ । यद्यपि, मलाई थाहा थियो कि फिल्म हिट हुन्छ । तर, म यसको हिस्सा बन्न तयार थिइनँ ।’ फिल्मका लागि आमिर खान नै सही छनोट रहेको बताउँदै अभिषेकले ‘लगान’मा काम नगरेकोमा पछुतो नभएको बताएका छन् ।

अहिले ‘लगान’ अफर हुन्थ्यो भने गर्नुहुन्थ्यो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘हरेक फिल्म र भूमिकाको आफ्नै नियति हुन्छ । तपाईंलाई थाहा छ, मार्लन ब्राण्डोभन्दा पहिला कति अभिनेतालाई ‘द गडफादर’ प्रस्ताव गरिएको थियो ? हामीले यो विषयमा कुरा गर्नु नै गलत हो । म त्यो फिल्मको बारेमा कुरा गर्न सक्छु, जुन मैले गरेको छु । काम नै नगरेको फिल्मको बारेमा कुरा गर्नुको अर्थ छैन ।’