मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘दान्भी’मा एक्सन लेडी बन्दै पूजा, कुन्साङसँग जोडी बाँधियो

फिल्मीखबर, काठमाडौं, 2023/06/17

danvi movie

 

रोमान्टिक भूमिकामा रुचाइएकी अभिनेत्री पूजा शर्मा पहिलो पटक एक्सन भूमिकामा प्रस्तुत हुने भएकी छन् । रुपेश तामाङको निर्देशनमा बन्न लागेको ‘दान्भी’ शीर्षकको फिल्ममा उनी एक्सन लेडी बन्न लागेकी हुन् । फिल्मको घोषणा गर्दै शुक्रबार सार्वजनिक गरिएको तीनवटा पोस्टरमा उनलाई रोमान्टिक र एक्सन मूडमा देख्न सकिन्छ । पोस्टरमा उनी पेस्तोलसहित पनि देखिएकी छन् ।

फिल्ममा पूजाको जोडीको रुपमा मोडल कुन्साङ बोम्जन देखिने भएका छन् । यही फिल्मबाट उनले अभिनेताको रुपमा डेब्यू गर्न लागेका हुन् । यसअघि उनले फिल्म ‘घुइँचो’बाट डेब्यू गर्न लागेका थिए । तर, त्यो फिल्म निर्माण नै हुन सकेन । उनीसँग म्यूजिक भिडियोमा काम गरेको अनुभव भने छ । यो फिल्ममा कुन्साङ रोमान्टिक भूमिकामा प्रस्तुत हुने सार्वजनिक पोस्टरले संकेत गर्छ ।

यसअघि एक्सन फिल्म ‘जय शम्भु’को निर्देशन गरेका तामाङले यसपटक आफूले एक्सनमा नयाँ शैली भित्राउन लागेको बताएका छन् । फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिने उनको दाबी छ । त्यस्तै, पूजाले पहिलो पटक एक्सन भूमिकामा काम गर्न आफू उत्साहित रहेको बताएकी छन् । फिल्मका लागि शरीर कसिलो बनाउन उनले लामो समयदेखि जिममा मिहिनेत गरिरहेकी छन् ।

फिल्मका अन्य कलाकार र प्राविधिक टिम चाँडै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए । फिल्मको छायांकन नेपाल र सिक्किमको विभिन्न ठाउँमा हुनेछ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह-निर्माता हुन् । फिल्ममा पूजा टाइटल क्यारेटरमा रहनेछिन् ।