मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गौरव र नम्रताको ‘नम्बरी सुन’को टिजर रिलिज

फिल्मीखबर, काठमाडौं, 2023/06/16

Gaurav pahari, Namrata Sapkota

 

राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’को टिजर सार्वजनिक भएको छ । सुनको इतिहासमाथि निर्माण भएको फिल्मको टिजर भने अभिनेता गौरव पहारी र नम्रता सापकोटाको प्रेम सम्बन्धमा आउने उतार-चढावमा केन्द्रित छ । कमेडी र एक्सनलाई प्राथमिकता दिइएको टिजरमा किरण नेपाली भिलेनको भूमिकामा प्रस्तुत छन् भने सरोज खनाल गाउँको मुखियाको भूमिकामा देखिएका छन् ।

आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा बुद्धि तामाङ, राजाराम पौडेल, राजेन्द्र खड्गी, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतको पनि अभिनय छ । नारायण खातीको शब्द रचना, कथा तथा प्रस्तुति रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । गत महिना हेटौंडामा भएको प्रिमियरमा फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको थियो ।

रामजी लामीछानेको नृत्य निर्देशन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन र विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर रहेको यस फिल्मको निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल छन् ।