मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वस्तिमा र वर्षाको ‘ऐँचो पैँचो’ भदौ १४ मा

फिल्मीखबर, काठमाडौं, 2023/06/16

krisha chaulagai

 

अभिनेत्रीद्वय स्वस्तिमा खड्का र वर्षा राउत अभिनीत नयाँ फिल्म ‘ऐँचो पैँचो’ जनै पूर्णिमाको अवसर पारेर आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्देशक तथा निर्मात्री कृषा चौलागाईँ र आरआर फिल्म्सबीच वितरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । यो मितिमा फिल्म ‘गणपति’ पनि प्रदर्शनमा आउने तयारीमा छ ।

केपी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा र वर्षाका अलावा मुकुन भुषाल, विशाल पहारी, कोशिष क्षेत्री, सुशिल सिटौला, शारदा गिरीको पनि अभिनय छ । यही फिल्मबाट कृषाले निर्देशनमा डेब्यू गरेकी हुन् । यसअघि उनले ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ गरी चार फिल्म निर्माण गरिसकेकी छन् । उनी फिल्म राम्रो बनेको दाबी गर्छिन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मको पटकथा र संवाद अभिमन्यू निरवीको हो । प्रणव सुवेदी फिल्मका निर्माण अधिकृत हुन् । यो फिल्म पहिला भदौ २९ गते प्रदर्शन हुने चर्चा थियो । तर, त्यो मितिमा तीन फिल्म भिड्ने भएपछि ‘ऐँचो पैँचो’ दुई हप्ता अघि सरेको हो । रोचक कुरा के छ भने एकअर्कासँग भिड्न लागेका ‘ऐँचो पैँचो’ र ‘गणपति’ दुवैमा मुकुन मुख्य भूमिकामा छन् ।