मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरोज र करिश्माको ‘बगान’ असार २९ मा

फिल्मीखबर, काठमाडौं, 2023/06/16

bagan

 

अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । बिहीबार एक पोस्टर सार्वजनिक गर्दै यही असार २९ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि गत वर्षको फागुन १२ गते फिल्म प्रदर्शनमा आउने तयारीमा थियो । तर, विभिन्न कारणले रिलिज हुन सकेन । असार २९ मा फिल्म ‘बद्री बहादुर’ पनि प्रदर्शनमा आउँदैछ ।

सुरेश वाग्ले प्रस्तुतकर्ता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक खनालसँगै करिश्मा मानन्धर, प्रमिल कार्की, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाललगायतको अभिनय छ भने अभिनेता आकाश श्रेष्ठ विशेष भूमिकामा छन् । फिल्ममा गौरीशंकर धुजुको डिओपी, नारायण जिसी/उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन छ ।

निर्देशक खनालले फिल्मको माध्यमबाट आफूले विधवा आमाको पनि विवाह गर्नुपर्छ भनेर सवाल उठाएको बताएका छन् । उनी भन्छन्, ‘यदि अल्पआयूमै श्रीमातीको निधन भएपछि पुरुषलाई बाँकीको जीवन विताउन जीवन साथीको खाँचो हुन्छ भने के महिलाहरुलाई हुँदैन ? अब विधूर पिताको मात्र होइन, विधवा आमाको पनि विवाह गर्नुपर्छ । फिल्मले उठाएको सवाल यही हो । ’