Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आदिपुरुष’को विवादमा के भन्छन् भुवन केसी ?

फिल्मीखबर, काठमाडौं, 2023/06/16

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादलाई लिएर नेपालमा भैरहेको विवादलाई सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम आत्मसात् नगर्दाको परिणाम भनेका छन् । बोर्डको उक्त निर्णय हलवाला र वितरकले मानेको भए अहिलेको यो स्थिति नआउन सक्ने उनले फेसबुकमा उल्लेख गरेका छन् ।

 

भुवन केसीले विदेशी फिल्म रोक्न सक्लान् ?

 

उनी लेख्छन्, ‘नेपाली फिल्मको व्यापार विशुद्ध व्यापार नभई राष्ट्रको पहिचान समेत भएको हुँदा बोर्डले नेपाली फिल्मको पक्षमा  विभिन्न निर्णय गरेकोमध्ये केही दिन अगावै विदेशी फिल्मको सेन्सर गर्नुपर्ने पनि एक थियो । पछिल्लो समय ‘आदिपुरुष’को संवादलाई लिएर जुन विवाद शृजना भएको छ, यसले विदेशी फिल्मको वकालत गर्ने कसैलाई पनि फाइदा गरेको छैन । यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताहरुकै प्रमुख हात छ ।’

अध्यक्ष केसीले यस प्रकारको घटनाले भोलिका दिनमा हल सञ्चालकहरुमा कुनै समस्या आउँदा को जिम्मेवार रहने र रिलिज रोकियो भने कसलाई घाटा हुने भनेर प्रश्न समेत गरेका छन् । एक महिना अगाडि सेन्सर गर्नुपर्ने बोर्डको निर्णयको व्यापक विरोध भएपछि एक हप्तामा झिरिएको र त्यसको पनि विरोध भएपछि तीन दिनमा झारिएको बताउँदै उनले तीन दिनको कुरामा पनि विरोध भैरहेको उल्लेख गरेका छन् ।

 

bhuwan kc


‘आदिपुरुष’मा समावेश संवाद तीन दिनभित्र भारतमा नसच्चाए काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चेतावनीपछि उक्त फिल्मको प्रदर्शन नेपालमा रोक्न व्यापक दबाब सिर्जना भएको छ । जसका कारण हलवाला र वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले काठमाडौंमा फिल्मको बिहानी शो रोकेको छ । फिल्मको रिलिजबारे निर्णय गर्न संघले शुक्रबार कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।