Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

‘जय हो’मा सलोनदेखि केकीसम्मको यस्तो लुक्स

फिल्मीखबर, काठमाडौं, 2023/06/15

movie - jay ho

 

आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जय हो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुईटा पोस्टरमा फिल्मका मुख्य कलाकारहरु माओत्से गुरुङ, अर्पण थापा, निशा अधिकारी, केकी अधिकारी र सलोन बस्नेत ‘क्यारेक्टर लुक्स’मा प्रस्तुत छन् । एउटामा उनीहरु विभिन्न भावभंगीमा देखिएका छन् भने अर्कोमा वाण हान्न तम्तयार अवस्थामा चित्रित छन् ।

सलोन-सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक टेक पौखरी राई हुन् । गत वर्ष उनी निर्देशित फिल्म ‘मिलन’ प्रदर्शनमा आएको थियो । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । फिल्मको निर्मातामा अष्ट्रेलियाका व्यवसायी राज के अधिकारी र सुरज सरकार रहेका छन् । नेपालको हिमाली क्षेत्रको कथालाई फिल्मले प्रस्तुत गरेको हुनसक्ने सार्वजनिक पोस्टरबाट बुझिन्छ ।

फिल्ममा सुरेश न्यौपानेको पटकथा लेखन, सौरभ लामाको डीओपी, शम्भुजित बाँस्कोटा र सागर आलेको संगीत, बनिश शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स छ । त्यस्तै, फिल्मको प्रोडक्सन हेड सुभाष काफ्ले, प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत र प्रोडक्सन डिजाइनर समीर खान हुन् ।