Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

२२ वर्षपछि रि-रिलिज भएको ‘गदर’ले कति कमायो ?

एजेन्सी, मुम्बई, 2023/06/14

Remember Sunny Deol's Son In The Movie, Gadar: Ek Prem Katha? Here's What  He is Up To These Days

 

बलिउडको माइलस्टोन फिल्म ‘गदर’लाई २२ वर्षपछि ‘फोरके फर्म्याट’मा पुनः हलमा रिलिज गरिएको छ । आगामी ११ अगस्टमा रिलिज हुन लागेको ‘गदर २’का लागि माहोल बनाउन रि-रिलिज गरिएको फिल्मले भारतीय बक्स अफिसमा खासै उत्साहजनक व्यापार गर्न सकेको छैन । ३० लाखको ओपनिङ गरेको फिल्मले प्रदर्शनको ५ दिनमा जम्मा १ करोड ३० लाख कमाई गरेको छ ।

‘गदर’ सन् २००१ मा हलमा प्रदर्शन भएको थियो । योसँग अभिनेता आमिर खानको फिल्म ‘लगान’ भिडेको थियो । यसका बावजूद फिल्मले भारतीय बक्स अफिसमा ७६ करोड ६५ लाख कमाएको थियो भने विश्वभरबाट १ सय ३२ करोड ६० लाख जोडेको थियो । रि-रिलिजसहितको कमाई जोड्दा फिल्मको कूल कमाई १ सय ३३ करोड ९० लाख हुन्छ । अब दर्शकमा ‘गदर २’को पखाई छ ।

‘गदर’मा सनी देओल र अमीषा पटेलको मुख्य भूमिका रहेको छ । तर, उनीहरु फिल्मका लागि पहिलो रोजाई थिएनन् । सनीभन्दा पहिला गोविन्दालाई निर्देशक अनिल शर्माले फिल्म अप्रोच गरेका थिए । उनलाई फिल्मको कथा असाध्धै मन परेको थियो । तर, त्यसलाई दृश्यभाषामा उतार्न उनले सम्भव नै देखेनन् र काम गर्न अस्वीकार गरे । त्यसपछि सनीको पोल्टामा फिल्म परेको थियो ।

त्यस्तै, अमीषाभन्दा अगाडि अभिनेत्री काजोल देवगनलाई ‘गदर’ अफर गरिएको थियो । तर, उनले व्यस्तताका कारणले गर्दा काम गर्न अस्वीकार गरेपछि निर्देशक शर्माले अमीषालाई भित्रिएका थिए । फिल्म रिलिजपछि सनी र अमीषाको करिअर नै कायापलट भयो । अब ‘गदर २’मा फेरि यो जोडी देखिँदैछ । नाम नै ब्रान्ड भएकाले फिल्मको ओपनिङ आक्रामक हुने प्रक्षेपण गरिएको छ ।