मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

हिन्दी गीतमा राधा बनिन् अदिती

फिल्मीखबर, काठमाडौं, 2023/06/13

Aditi Budhathoki

 

अभिनेत्री अदिती बुढाथोकी नेपाली फिल्मसँगै बलिउडमा पनि आफूलाई स्थापित गर्न संघर्षरत छिन् । ‘कृ’ र ‘बाबरी’ गरी दुईवटा नेपाली फिल्ममा काम गरिसकेकी उनको सपना अब बलिउड फिल्ममा प्रवेश गर्ने हो । त्यसका लागि उनले म्यूजिक भिडियो र वेब सिरिजबाट आफूलाई चिनाउने र निखार्ने काम गरिरहेकी छन् । अहिले उनी हिन्दी वेब सिरिज ‘म्यूजिक’को सुटिङमा व्यस्त छिन् ।

उनले हिन्दी र पञ्जाबी गीतको म्यूजिक भिडियोमा भने धेरै काम गरिसकेकी छन् । यसबीच, उनी अभिनीत नयाँ हिन्दी गीत ‘कृष्ण तेरी हो गई’ सार्वजनिक भएको छ । जसमा उनी भगवान् कृष्णको भक्तको रुपमा प्रस्तुत छिन् । भिडियोको अन्तिममा भने राधाको रुपमा उनलाई चित्रण गरिएको छ । भगवान् कृष्णको काँधमा शिर राखेर बाँसुरीको धुनमा उनी मन्त्रमुग्ध अवस्थामा चित्रित छन् ।

भिडियो उनीमा नै केन्द्रित छ । परिवारसँग इंग्ल्यान्डमा बस्ने गरेकी उनी एक दिन भगवान् कृष्णले बोलाएको भन्दै भारत आउँछिन् । त्यसपछि कृष्णको पूजा-आराधना र ध्यानमा लिप्त हुन्छिन् । भिडियो फिल्मी शैलीमा तयार छ । एक दृश्यमा केही एन्टागोनिस्ट पात्रहरुले अदितीलाई अपहरण गरेर यौन शोषण गर्न खोज्छन् । त्यसबेला भगवान् कृष्ण प्रकट भएर बचाएको दृश्य समावेश छ ।

भारतकी चर्चित गायिका असीस कौरको स्वरबद्ध गीतमा जानीको शब्द रचना, गौरव देव र कार्तिक देवको संगीत छ । भिडियोमा किन्शुक वैद्य भगवान् कृष्णको भूमिकामा छन् । गीतले युट्युबमा राम्रो भ्यूज पाएको छ । अदितीले गीतको क्लिप्स फेसबुकमा सेअर गर्दै छायांकनको बेला रमाइलो भएको उल्लेख गरेकी छन् । उनी चाँडै नेपाल फर्किएर फिल्म ‘बाबरी २’मा काम गर्दैछिन् ।