Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकीलाई ‘झिँगेदाउ’ र ‘प्रसाद २’ले दिएको ‘सरप्राइज’

फिल्मीखबर, काठमाडौं, 2023/06/12

Keki Adhikari

 

फिल्मको भाग्य पनि अनौठो हुन्छ । अपेक्षा नै नगरेका फिल्म सफल हुन्छन् अनि ठूलो अपेक्षा राखिएका फिल्मले लगानीको एक तिहाई पनि उठाउँदैनन् । अभिनेत्री केकी अधिकारीका दुई फिल्म ‘झिँगेदाउ’ र ‘प्रसाद २’को हकमा यस्तै भयो । अघिल्लो वर्षको ‘झिँगेदाउ’प्रति सम्भवतः उनलाई त्यति ठूलो अपेक्षा थिएन । ‘आगो बिना बिँडी जल्दैन’ गीतबाहेक फिल्मको खासै चर्चा पनि थिएन ।

तर, भनिन्छ नि, ‘कहिलेकाहीँ नपत्याउने खोलाले बगाउँछ ।’ त्यही नपत्याउने खोला निस्कियो फिल्म । पहिलो हप्ता ठीकठाक मात्रै व्यापार गरेको फिल्म दोस्रो हप्ताबाट बक्स अफिसमा चम्कियो । फिल्मले घरेलू बजारमा मात्र साढे ३ करोडभन्दा बढीको कमाई गरेको छ । नेपालमा फिल्म हिट भएपछि विदेशमा समेत माग चर्कियो । ‘झिँगेदाउ’को सफलता केकीका लागि ‘सरप्राइज’ थियो ।

गएको वैशाखमा प्रदर्शन भएको ‘प्रसाद २’ भने सफल हुन्छ भन्नेमा विश्वस्त थिइन् उनी । किनकि, यो हिट फिल्मको सिक्वेल थियो । श्रृंखलाबद्ध विवाद नै भए पनि प्रदर्शनपूर्व चर्चा राम्रै थियो । तर, फिल्मले केकीलाई नसोचेको ‘सरप्राइज’ दियो । एक करोड पनि नकमाउँदै फिल्म हलबाट विदाबारी भयो । यद्यपि, समीक्षकले ‘झिँगेदाउ’मा भन्दा ‘प्रसाद २’मा केकीको अभिनय रुचाएका थिए ।

एक दशक लामो करिअरमा उनले पहिलो पटक फिल्म ‘छ माया छपक्कै’बाट सफलता महसुस गर्न पाएकी थिइन् । ‘झिँगेदाउ’को सफलताले उनको करिअर थप मजबूत बनायो । ‘प्रसाद २’को असफलताले भने उनलाई निराश बनाएको छ । अब आगामी भदौ ८ गते उनी अभिनीत फिल्म ‘जय हो’ प्रदर्शनमा आउँदैछ भने आगामी कात्तिक ३ गते ‘परदेशी २’ प्रदर्शनमा आउने तयारीमा छ ।