Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘अन्तिम संस्कार’को ‘सर्को’ गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2023/06/12

antim saskar

 

आगामी असार ८ गतेबाट प्रदर्शनमा आउन लागेको प्रदीप शाहीद्वारा निर्देशित फिल्म ‘अन्तिम संस्कार’को ‘सर्को’ बोलको ओएसटी गीत सार्वजनिक गरिएको छ । स्वप्निल शर्माको शब्द रचना, संगीत तथा स्वर रहेको गीतमा प्रायः ट्रेलरका दृश्यहरुलाई समावेश गरिएको छ । मर्डर मिस्ट्री (रहस्यमयी हत्या) कथामा आधारित रहेको फिल्ममा अभिनेता विजय लामाले ‘न्यूड सिन’ दिएका छन् ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्ममा दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग लामा, विकाश अधिकारी, सरोज खालिङ्ग राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्यलगायतको पनि अभिनय छ । यस फिल्ममा दीयाले डिएसपीको भूमिका निर्वाह गरेकी छन् ।

भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विनोद सुवेदी क्षितिज छन् । बाबु श्रेष्ठको छायांकन, रुपेश गुरुङको सम्पादन रहेको फिल्मको प्रोडक्सन डिजाइनर प्रेम खड्का हुन् । नेपालमा विदेशी फिल्म वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले फिल्मको वितरण गर्दैछ । फिल्ममा निर्देशक शाही स्वयंको लेखन छ ।