Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सविनको ‘बाघ चाल’का लागि हिरोइनको खोजी

फिल्मीखबर, काठमाडौं, 2023/06/11

bagchal movie

 

सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘बाघ चाल’का लागि डिजिटल अडिसनबाट मुख्य अभिनेत्री छनोट गरिने भएको छ । आइतबार निर्माण टिमले एक पोस्टरमार्फत् डिजिटल अडिसन आह्वान गरेको छ । अडिसनमा सहभागी हुन चाहनेले दुई मिनेटको प्रस्तुतिसहित आफ्नो फोटो असार ७ गतेभित्र [email protected] तथा ९८४३८३२४४ नम्बरमा ह्वाट्सएप गर्नुपर्नेछ ।

निर्माण टिमले शनिबार र आइतबार कान्तिपुर फिल्म एकेडेमीमा ७ जना कलाकारका लागि अडिसन गरेको थियो । जसमा १ सय ५१ जना सहभागी भएका थिए । फिजिकल र डिजिटल अडिसन दुवैबाट छानिएका कलाकारको नाम असार १० गते सार्वजनिक गरिने निर्देशक बस्नेतले जानकारी दिए । फिल्मका लागि एक अभिनेत्री भने भारतबाट झिकाउने तयारीमा निर्माण टिम रहेको छ ।

उत्तरगया म्यूजिक एण्ड फिल्मस् र सविन फिल्मस्को व्यानरमा बन्न लागेको फिल्ममा सविन श्रेष्ठ र गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)को मुख्य भूमिका रहनेछ । फिल्ममा सविन भिलेन र राजीव हिरोको भूमिकामा प्रस्तुत हुने जनाइएको छ । एक्सन-लभस्टोरी विषयमा बन्न लागेको फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीको हो ।

न्यू लक्ष्मी ज्वेलर्स (यूके)ले सहकार्य गरेको फिल्मको प्रस्तुतकर्तामा राजीव गुरुङ (दीपक मनाङे) छन् । धनबहादुर गुरुङ (डिबी), टिकाराम भण्डारी, समीर शाही (अष्ट्रेलिया) र कृष्ण थापा (अष्ट्रेलिया) फिल्मको निर्मातामा छन् । फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । फिल्मको ९० प्रतिशत नेपालमा र एक गीतसहित १० प्रतिशत छायांकन भने अष्ट्रेलियामा हुने जानकारी प्राप्त छ ।