Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्नाटाबीच हलमा लागे ‘नीरफूल’ र ‘हेम्जाकोट’

फिल्मीखबर, काठमाडौं, 2023/06/09

nirful and hemjakot

 

गत वैशाख १ गते प्रदर्शनमा आएको फिल्म ‘जारी’पछि घरेलू बजारमा सन्नाटा छाएको छ । आशातित फिल्मले समेत निराशाजनक प्रदर्शन गरिरहेका छन् । यसको प्रमुख कारण भनेको फिल्महरु आफैंमा सशक्त नहुनु हो । बजारमा आर्थिक मन्दीको असर पनि केही हदसम्म नेपाली फिल्मको व्यापारमा परेको देखिन्छ । यद्यपि, हरेक हप्ता फिल्म प्रदर्शनको सिलसिला भने रोकिएको छैन ।

यसबीच, शुक्रबारबाट दुई नेपाली फिल्म ‘नीरफूल’ र ‘वेलकम टू हेम्जाकोट’ प्रदर्शनमा आएका छन् । दुवै फिल्मले सामाजिक मुद्धा उठाएका छन् । भूकम्पले छिन्नभिन्न भएको एउटा परिवारको कथालाई ‘नीरफूल’ले प्रस्तुत गरेको छ भने ‘वेलकम टू हेम्जाकोटा’ले बेरोजगारी र वैदेशिक रोजगारीले निम्त्याएको समस्याको कथा भनेको छ । यी दुवै फिल्मलाई बजारको सन्नाटा चिर्नुपर्ने चुनौती छ ।

फूलमान वलद्वारा निर्देशित ‘नीरफूल’मा दयाहाङ राई, शान्ति वाइवा, बुद्धि तामाङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जिम्मे छ्योइकी घिसिङको अभिनय रहेको छ । करिब ५ वर्षअघि निर्माण सम्पन्न भएको फिल्ममा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत तथा निमेष श्रेष्ठको सम्पादन छ । निर्देशक वल स्वयंले फिल्म लेखेका हुन् ।

त्यस्तै, सरोज पौडेलको लेखन तथा निर्देशन रहेको ‘वेलकम टू हेम्जाकोट’मा विनोद न्यौपाने, बुद्धि तामाङ, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, स्व. जयनन्द लामालगायतको अभिनय छ । तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्का फिल्मका निर्माता हुन् ।