Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा ‘झिँगेदाउ’देखि ‘प्रकाश’सम्म देखाइने

फिल्मीखबर, काठमाडौं, 2023/06/08

शुक्रबारदेखि काभ्रेको भकुण्डेबेसीमा हुन लागेको दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा प्रदर्शन हुने फिल्मको लाइनअप सार्वजनिक गरिएको छ । महोत्सवमा १६ वटा फिल्म छनोट भएको बिहीबार काठमाडौंका एक कार्यक्रमका बीच जानकारी गराइयो । ग्रामीण परिवेशमा बनेका फिल्महरुलाई मात्र महोत्सवका लागि छनोट गरिएको आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

 

NERUFF


महोत्सवमा ‘झिँगेदाउ’, ‘प्रकाश’, ‘डेसान’, ‘ल्हुई’, ‘निरमाया’, ‘चरित्र’, ‘आफ्नै कर्म’, ‘मेरी हजुरआमा’, ‘साईत’, ‘सेती दिदी’, ‘कहानी एकादेशको’, ‘परिवर्तन’, ‘दुर्गामाण्डु’, ‘ऐना’, ‘हुक्का’ र ‘लुङा’ प्रदर्शन गरिनेछ । बिहीबार भएको ‘प्रि-इभेन्ट’ कार्यक्रममा महोत्सवमा छनोट भएका सबै फिल्मका सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । महोत्सवको जुरी टिममा चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षासिंह राणा, अभिनेता सुवास गजुरेल र सम्पादक भरत रेग्मी छन् ।

 

NERUFF


महोत्सवमा लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ दिनेछन् । त्यस्तै, अभिनेता बुद्धि तामाङ र मुकुन भुसालले ‘ग्रामीण विद्यार्थीको नजरमा चलचित्र’ विषयमा विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नेछन् । महोत्सवमा तीनजना कलाकारहरुलाई सम्मान समेत गरिने आयोजक सापकोटाले बताए ।

 

NERUFF


उत्कृष्ट फिल्मलाई अवार्डसहित पुरस्कार वितरण गर्दै शनिबार बेलुका महोत्सव समापन गरिनेछ । चलचित्र विकास बोर्डसँगको सहकार्यमा हुन लागेको महोत्सवको पहिलो संस्करण गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा गरिएको थियो । हल नभएका ग्रामीण क्षेत्रका दर्शकलाई लक्षित गर्दै यो महोत्सवको सुरुवात गरिएको हो ।