.jpg)
नेपाली फिल्मको प्रर्वद्धनमा निरन्तर यात्रारत फिल्मीखबर डट कम आजबाट १५औं बर्षमा प्रवेश गरेको छ। अनलाईन फिल्म पत्रकारितामा सम्भावना खोज्दै जुन ८, २००९ देखि औपचारिक रूपमा संचालनमा आएको फिल्मीखबर डट कमको आजसम्मको यात्रामा साथ दिने सम्पूर्ण पाठक, फिल्मकर्मी, शुभचिन्तक तथा बिज्ञापनदाताहरू प्रति आभार ब्यक्त गर्दछौं ।
नेपाली फिल्म उद्योगको विकाशका लागि मिडियाले खेल्नुपर्ने भूमिकाबाट फिल्मीखबर कहिल्यै पछि हटेको छैन। फिल्म उद्योग भित्र रहेका विकृतिलाई निरुत्साहित गर्दै यसको विकास विस्तारमा लाग्ने हाम्रो यात्रा सधैं जारी नै रहनेछ ।
नेपाली फिल्मको बारेमा बिश्वभरका नेपाली फिल्म प्रेमी तथा शुभचिन्तकलाई सुसुचित गराउन सफल हुँदै आएको फिल्मीखबर मिडियाद्वारा सञ्चालित फिल्मीखबर डट कमले सत्य तथ्य समाचार सदैव तपाईंहरूलाई पस्कदै आएको र आगामी दिनमा पनि सत्य तथ्य समाचार सम्प्रेषण गरिरहने प्रतिबद्धता व्यक्त गर्दछ। भोलीका दिनमा पनि तपाईंहरूको साथ, माया र सद्भाव पाईरहने विश्वास लिएका छौं ।