मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जारी’ चल्दाको फाइदा ‘नीरफूल’लाई होला ?

फिल्मीखबर, काठमाडौं, 2023/06/07

dayahang rai

 

गत वर्ष अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लले एकसाथ अभिनय गरेको फिल्म ‘कबड्डी ४’ ब्लकबस्टर भएको थियो । यसको करिब ५ महिनापछि यही जोडीको नयाँ फिल्म ‘दुई नम्बरी’ प्रदर्शनमा आयो । यो पनि सुपरहिट भयो । एउटै कलाकारको अभिनय रहेका कारण ‘कबड्डी ४’को ऐतिहासिक सफलताको फाइदा ‘दुई नम्बरी’लाई मिलेको विश्लेषण त्यसबेला कतिपयले गरेका थिए ।

यस प्रकारको विश्लेषण यतिखेर फिल्म ‘नीरफूल’लाई लिएर भैरहेको छ । किनभने यो फिल्मका मुख्य अभिनेता दयाहाङ राई हुन्, जसले यस वर्षको पहिलो ब्लकबस्टर फिल्म ‘जारी’ दिएका छन् । ‘जारी’को रहलपहल अझैसम्म छ । र, यो फिल्मले दयाहाङको क्रेज झनै चुलाएको छ । यसको व्यावसायिक फाइदा ‘नीरफूल’लाई केही हदसम्म हुनसक्ने विश्लेषण फिल्म क्षेत्रमा गरिएको छ ।

तर, ‘जारी’को जस्तो हाइप ‘नीरफूल’ले भने निर्माण गर्न सकेको छैन । ट्रेलरले दर्शकमा एकखालको हुटहुटी त जगाएको छ तर त्यो पर्याप्त छैन । अब बुधबार काठमाडौंमा हुन लागेको प्रिमियरले कस्तो माहोल सिर्जना गर्छ, त्यसले केही हदसम्म फिल्मको भविष्य निर्धारण गर्नेछ । प्रदर्शनपछिको ‘वर्ड अफ माउथ’ पनि महत्त्वपूर्ण रहनेछ । दयाहाङलाई ‘नीरफूल’ सफल हुनुपर्ने दबाब भने छ ।

भूकम्प गएपश्चात् धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्षको कथामा फिल्म बनेको छ । दयाहाङका साथै बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्यो (बाल कलाकार)को मुख्य भूमिका रहेको फिल्ममा अभिनेत्री रेखा थापा अतिथि भूमिकामा छिन् । पत्रकारिता पृष्ठभूमिका फूलमान वलको फिल्ममा लेखन तथा निर्देशन छ ।