मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अवार्ड किन्न सकिन्छ भन्ने श्रद्धाको हातमा अवार्ड

फिल्मीखबर, काठमाडौं, 2023/06/06

Shraddha Chhetri Sara

 

विश्वमै विवादरहित अवार्ड कमै छन् । संसारकै प्रतिष्ठित मानिने ओस्कार अवार्ड समेत अक्सर विवादमा पर्ने गरेको छ । नेपालमा आयोजना हुने अवार्ड झन् विवादरहित हुने कुरै आएन । ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भने जस्तै हुन्छ नेपालमा अवार्डहरु । स्टल राखेर खुल्लम खुल्ला अवार्ड विक्री वितरण हुने गरेको आरोप समेत लाग्ने गरेको छ । तर पनि न लिने थाकेका छन् न दिने ।

नेफ्टा अवार्डको उत्कृष्ट ५ मनोनयनमा फिल्म ‘कृष्ण लीला’बाट आफू नपरेपछि अभिनेत्री श्रद्धा क्षेत्रीले मे १४ मा फेसबुकमा स्टाटस लेख्दै ‘अवार्ड किन्न सकिने तर सम्मान भने कमाउन आवश्यक छ’ भनेर लेखेकी थिइन् । आफू मनोनयनमा नपर्नुको पीडा उनले फेसबुकमा पोखेको स्पष्ट बुझिन्थ्यो । तर, अवार्ड किन्न सकिन्छ भनेकी उनै श्रद्धाले यसै साता एक अवार्ड खुसीपूर्वक ग्रहण गरिन् ।

उनले अवार्ड उचाल्दै गर्दा उनकै फेसबुक स्टाटसलाई लिएर प्रश्न उठेको छ, ‘के उनले पनि किनेरै अवार्ड लिएकी हुन् त ?’ यो प्रश्न उठ्नु स्वभाविकै हो । किनकि, उनी आफैंले फेसबुकमा अवार्ड किन्न सकिन्छ भनेर खुलेरै भनेकी छन् । कि अरुले पाएको अवार्ड मात्र किनेको हुने हो ? अरुतिर औंला उठाउँदा तीनवटा औंलाले आफैंलाई देखाइरहेको हुन्छ भन्ने ख्याल चाहिँ श्रद्धाले राख्नुपर्छ ।

 

Shraddha Chhetri Sara


फिल्म ‘कृष्ण लीला’बाट श्रद्धाले व्यावसायिक सफलता र अभिनयको प्रशंसा दुवै पाउन सकिनन् । फिल्म रिलिजको बेला अभिनेता पुष्प खड्कासँग नाम जोडिएर जति चर्चा भयो, त्यसैमा उनले चित्त बुझाउनु पर्‍यो । केही महिनाअघि सार्वजनिक भएको ‘मेसो मिलाएर’ गीतले भने उनलाई एकखालको चर्चा दिलाएको छ । ‘कृष्ण लीला’पछि श्रद्धाको हातमा फिल्म परेको जानकारीमा छैन ।