मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विरेन्द्रनगरमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने

फिल्मीखबर, काठमाडौं, 2023/06/06

कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको विरेन्द्रनगरमा पहिलो पटक ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ आयोजना हुने भएको छ । सोमबार चलचित्र विकास बोर्डको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी असोज ४ गतेदेखि ६ गतेसम्म तीन दिन महोत्सव हुन लागेको जानकारी गराइयो । महोत्सवमा कर्णालीको कथामा बनेका फिल्म प्रदर्शनदेखि कर्णालीलाई फिल्म पर्यटनको रुपमा विकास गर्ने विषयमा अन्तरक्रिया गरिनेछ ।

 

KIFF


महोत्सवको माध्यमबाट कर्णालीको कथा, जीवनशैली, भेषभुषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उद्देश्य रहेको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए । महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवर्धन गर्ने उनको विश्वास छ । महोत्सवमा रेडचेरी मिडिया, कर्णाली प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले सहकार्य गरेको छ ।

महोत्सवको उद्देश्यबारे चन्दले भने, ‘कर्णालीलाई संसारभर चिनाउने र छायांकनको गन्तव्य बनाउने हाम्रो उदेश्य हो । फिल्मको माध्यमले पर्यटनलाई प्रवर्धन गर्नु जरुरी देखेर महोत्सव आयोजना गर्न लागेका हौं ।’ कार्यक्रममा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा फिल्म छायाङ्कनको गन्तव्य बनाउन संसदमा आवाज उठाउने प्रतिवद्धता जनाए ।

 

KIFF


पत्रकार सम्मेलनमा पूर्व राज्यमन्त्री कुन्ती कुमारी शाही, अभिनेता शिव श्रेष्ठ, हास्य कलाकार हिमेश पन्त, मध्यपश्चिमाञ्चल विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर महेन्द्र बहादुर मल्ल, निर्देशक रामशरण पाठक निर्मात्री रज्जु प्रधानलगायतको उपस्थिति रहेको थियो । पछिल्लो समय कर्णालीमा फिल्म छायांकन गर्ने क्रम बढेको छ । ‘प्रकाश’, ‘बुलाकी’ जस्ता फिल्म कर्णाली क्षेत्रमा छायांकन भएका हुन् ।