मिति : २०८२ ज्येष्ठ २७, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लक्ष्मणको निर्देशनमा ‘फनफनी’ बन्ने, हिरोमा आर्यन

फिल्मीखबर, काठमाडौं, 2023/06/05

गत बैशाखमा प्रदर्शित फिल्म ‘बुलाकी’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका लक्ष्मण सुनारले नयाँ फिल्मको निर्देशन जिम्मेवारी पाएका छन् । उनले फिल्म ‘फनफनी’को निर्देशन गर्न लागेका हुन् । सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि थिम पोस्टरमार्फत् फिल्मको घोषणा गरिएको हो । फिल्मको घोषणासँगै मुख्य भूमिकामा आर्यन अधिकारी अनुबन्ध भएका छन् ।

 

movie fanfani


कमेडी तथा पारिवारिक कथामा निर्माण हुन लागेको फिल्मलाई हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरीले निर्माण गर्नेछन् । यसअघि उनीहरुले फिल्म ‘लाखे’को निर्माण गरेका थिए, जसमा आर्यनको पनि मुख्य भूमिका थियो । नेपाल, अष्ट्रेलिया, क्यानडा र भारतमा छायांकन हुने फिल्मको बजेट २ करोड अनुमान गरिएको छ । तिहारपछि फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ ।

फिल्ममा आर्यनबाहेक अरु कलाकार फाइनल भएका छैनन् । केही दिनमा बाँकी कलाकार छनोट हुने लक्ष्मणले बताए । ग्लोबल  मिडिया रिसर्च सेन्टरको प्रस्तुतीमा बन्न लागेको फिल्मको कथा निर्देशक सुनार स्वयंको हो । उनी फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाडिने दाबी गर्छन् । डेब्यू फिल्म ‘बुलाकी’ नै सम्झनलायक बनाएका लक्ष्मणबाट फिल्म क्षेत्रले ठूलो अपेक्षा राखेको छ ।

 

movie fanfani


कोरोना महामारीभन्दा अगाडि हाँस्यश्रृंखला ‘सक्किगोनि’का कलाकारहरु कुमार कट्टेल र अर्जुन घिमिरेसहितको समुहले ‘फनफनी’ नाममै फिल्म बनाउन लागेका थिए । निर्देशकमा निश्चल बस्नेत र अभिनेतामा विपिन कार्कीलाई समेत अनुबन्ध गरिएको थियो । तर, पछि निश्चलले फिल्मबाट हात झिके । विपिन भने अझैसम्म पनि सम्झौतामै छन् । अब यो टिमबाट ‘फनफनी’ नाम उम्किएको छ ।